धरान / एक दशक अघिसम्म विकट गाउँको रुपमा परिचित धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं . ४ को चानुवाको मुहार फेरिएको छ ।
गाउँलाई सडक सञ्जालले छोएसँगै विकट गाउँमा बसोबास गर्नेहरु सुगमको महसुस गर्न थालेका छन् ।
केही बर्षहरु अगाडि यस गाउँलाई सडक सञ्जालले छोएको थिएन । विरामी हुँदा गाउँमा राम्रो अस्पताल थिएन । विरामी परिहाले घण्टौ हिडेर कि त धनकुटाको लेगुवा वा संखुवासभाको मुढेसम्म बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।
त्यहाँसम्म आइपुग्दा विरामीलाई बचाउन सकिने अवस्था थिएन । तर अहिले घर नजिकै सडक पुगेको छ । बिमारी भइहाले एम्बुलेन्स बोलाउन साथ आइपुग्छ ।
चानुवाका स्थानीय छत्र चापागाई विगतको हेरि अहिले गाउँ स्वर्ग झै भएको बताउँछन् । ७० बर्षीय चापागाईले यही गाउँमा आफूमात्र हैन आफ्नो तीन पुस्ताले नै बिताएको बताए । विगतमा भएको समस्या सुनाउँदे उनले भने–‘यही गाउँमा धेरै दुःखले जीवन काट्यौ, अहिले यस्तो हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं, अहिले त घर नजिकै पिच भएको छ ।’ विगतमा हिलेसम्म हिडेर आएको कथा उनले सुनाए ।
गाउँबाट हिलेसम्म हिडेर आउँदा ८ देखि ९ घण्टा लाग्ने सुनाए । उनले भने–‘त्यसबेला कोही विरामी भइहाले, हिलेसम्म बोकेरै पु¥याउनुपर्ने अवस्था थियो, गाउँमा सामान्य स्वास्थ्य चौकी पनि थिएन, विरामी समयमै नपु¥याउँदा धेरैले अकालमै ज्यान गुमाएका थिए ।’
विरामी हुँदा त्यसबेला धरान तथा धनकुटा ल्याउनुपर्ने उनको भनाई थियो । उनले भने–‘बोकेर ल्याउनपर्ने अवस्था थियो, विरामीलाई अस्पतालसम्म पु¥याउन सकिन्छ कि सकिदैन भन्ने त्रास हुन्थ्यो अहिले त्यो हेरी सहज भएको छ ।’
सडक सञ्जाल गाउँसम्म पुगेपछि स्वास्थ्यको सुविधामात्र हैन गाउँमा उब्जाएको फसल समेत बजारसम्म पु¥याउन सहज भएको स्थानीय रत्नबहादुर चापागाई बताउँछन् ।
विगतमा उब्जाएको सागसब्जी, फसल बोकेर सात आठ घण्टाको बाटो लिएर जानुपर्ने अवस्था रहेको बताउदै उनले उब्जाएको फसल र सागसब्जी विक्री नहुने गाइभैसीलाई खुवाउनुपर्ने अवस्था रहेको बताए । उनले भने–‘अहिले आफूले उब्जाएको सागसब्जी र फसल पु¥याउन कुनै समस्या छैन, गाउँलेको अहिले यो गतिलो आम्दानीको स्रोत बनेको छ ।’ विदेश जानेहरु पनि अहिले गाउँमै केही न केही गरेर बस्ने गरेको उनको भनाई छ ।
उनले भने–‘गाउँमा उत्पादन भएको कृषि जन्य सामाग्री विक्री गर्न कठिन थियो, सबै कामका लागि विदेश भासिन्थे, गाउँमा राम्रो आयआर्जन नभएकै कारण विदेश जान युवाहरु बाध्य थिए, गाउँमा केही समस्या भयो भने समाधान गर्न नै कठिन हुन्थ्यो ।’
एडिवीको प्रोजेक्ट अनुरुप नगरपालिकाकै बजेटमा धनकुटाको लेगुवादेखि चानुवासम्मको सडकसँगै कालोपत्रे भएको स्थानीयहरु बताउँछन् । चानुवादेखि मुढेसम्मको सडक भने अझै कच्ची रहेको छ, कच्ची सडक भएकै कारण धेरैले धरान तथा तराईका जिल्लामा आउनुपर्दा लेगुवाकै बाटो प्रयोग गर्ने गर्छन् ।
सडक सञ्जालले छोएकै कारण कृषिजन्य सामाग्रीले भाउ पाएको स्थानीयको भनाई छ । स्थानीय डम्बर पौडेलले गाउँमा केही नभएपछि विदेश जाने सोच बनाए पनि गाउँमै सडक आएपछि भने गाउँमै कृषिजन्य सामाग्री उत्पादन गरेर विदेशको भन्दा राम्रो आम्दानी गर्न थालेको बताए । उनले अहिले सागसब्जीसँगै अलैची उत्पादनमा लागेर तराईमा घर घडेरी जोड्न सफल भएको उनी सुनाउँछन् । पौडेल भन्छन्–‘गाउँमा आम्दानी नभएर विदेश जान लागेको थिए,तर गाउँमै मोटर बाटो आइपुग्यो, त्यसपछि मैले कृषिजन्य सामाग्री उत्पादनदनलाई जोड दिए, सँगसै अलैची उत्पादनलाई समेत जोड दिए, अलैची विक्री गरेर मैले राम्रो आम्दानी गर्न सकें ।’
उनले कृषि सामाग्री र अलैची विक्री गरेर अहिले सुनसरीको इटहरी नगरपालिका तहरा र मोरङको सुन्दर हरैचाको सलकपुरमा जग्गा समेत लिएको सुनाए ।
गाउँमा मोटर बाटो पुगेपछि अहिले गाउँमा प्रत्येक घरमा एउटा मोटरसाइकल रहेको छ । पौडेल भन्छन्–‘पहिला गाउँमा एउटा मोटरसाइकल आयो भने गाउँलेले धुरिएर हेर्न पुग्थे, अहिले सबैको घर घरमा मोटरसाइकल छ, बरु तराईका धेरैको मोटरसाइकल नहोला, गाउँमा सबैको छ ।’
मुलुकमा संघीयता आइसकेपछि गाउँको मुहार नै फेरिएको धनकुटा नगरपालिका वडा नं। ४ का निवर्तमान वडाध्यक्ष भरत चापागाई बताउँछन् । उनले भने–‘यही गाउँका अघिल्ला पुस्ताले गाउँमा धेरै दुःख गरे, अहिलेका पुस्तालाई त्यस्तो दुःख छैन, सबैको घर घरमा दुई पांग्रे सवारी साधन छ, विरामी हुँदा एम्बुलेन्स चानुवाबाट नै सञ्चालन हुन्छ, यहाँ केही कुराको असुविधा छैन, सुविधा पहिलाको तुलनामा धेरै थपिएको छ ।’