धनकुटा / धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले नगर क्षेत्र भित्र रहेका वृद्ध वृद्धाहरुलाई हट ब्याग र लौरो वितरण गरेको छ ।
पहिलो चरणमा २८० वृद्ध वृद्धाहरुलाई तातोपानि हालेर सेक्नको लागि प्रयोग गरिने हट व्याग वितरण गरिएको नगर प्रमुख परशुराम नेपालले बताए ।
उनका अनुसार यो अर्थिक वर्षमा सबै वृद्ध वृद्धाहरुलाई वितरण गर्न नसके पनि नगरपालिकाले आगामि आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नगरप्रमुखले भने “नगर क्षेत्र भित्र रहनु भएका वृद्ध वृद्धाहरुलाई आथिर्क चापका कारण समस्या हुने भएकाले केही हद सम्म सहयोग पुगोस भन्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । ”