धनकुटा महालक्ष्मी नगरपालिकाकी उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि

  • कार्तिक २०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् ।

कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद र गन्ध थाहा हुन छाडेको पनि उनले बताईन् । उनमा कोरोना पोजेटिभ भएसँगै हालसालै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजग र सतर्क रहन सामाजिक सञ्जाल मार्फत आग्रह समेत गरेकी छिन् ।

यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमध्ये ६५ जनाले कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् भने दुई जनाको निधन भएको छ । त्यस्तै १२ जना आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

 

पुण्य क्रियेटिभिटी ह ...

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक वि ...

गुणस्तरीय शिक्षाको र ...

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित ...

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved