महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी

  • साउन ३, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार क्षेत्रलाई सीसीटीभीबाट निगरानी गर्न थालिएको छ ।
शान्ति सुरक्षा प्रभावकारी बनाउन महालक्ष्मी नगरपालिकाले बजार क्षेत्रलाई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको हो । बजारीकरण र चहलपहल बढ्दै गएकाले शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । उनका अनुसार अहिले मुख्य बजार क्षेत्रलाई पाँच वटा सीसीटीभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । बजारका अन्य स्थानमा पनि क्यामेरा थप गरिनेछ ।

जीतपुर प्रहरी चौकीबाट सीसीटीभी हेर्ने व्यवस्था मिलाईएकाले प्रहरीले चौकीबाटै बजार क्षेत्रको गतिविधि निगरानी गर्नेछ । महालक्ष्मी नगरपालिकाले नगरका अन्य बजार क्षेत्रमा पनि सीसीटीभी जडान गर्ने योजना बनाएको छ । लेगुवाको रामबजार र चित्रे बजारमा पनि यसै आर्थिक बर्ष सीसीटीभी क्यामेरा जडान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र नेपालले बताए । जीतपुर बजारमा पहिलो पटक सीसीटीभी क्यामेरा जडान गरेको नगरपालिकाले बजारीकरण बढ्दै गएका अन्य बजारहरुमा पनि क्यामेरा राखेर सीसीटीभीबाटै बजार क्षेत्रको निगरानी गर्ने व्यवस्था मिलाउन लागेको हो ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved