महालक्ष्मी विकास बैक र आर्या ब्युटि आर्ट विच ग्राहकलाई सहुलियत दिने सम्झौता "एक बर्षका लागि भयो एग्रीमेन्ट"

  • असोज ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आर्या ब्युटि आर्ट एण्ड एकेडेमी र महालक्ष्मी विकास बैक बिच ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

अब महालक्ष्मी विकास बैकका ग्राहकलाई आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा अध्ययन गर्दा वा सेवा लिदा विषेश छुट पाउनेछन् । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठ र आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी कार्यकारी निर्देशक सीता मिश्रले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब महालक्ष्मी विकास बैकमा खाता भएका वा अन्य सेवा लिएका ग्राहकले आर्या ब्युटि आर्ट एण्ड एकेडेमीमा ब्युटिसियनका हरेक कोर्ष सिक्दा २५ प्रतिसत पाउने छन् । यसका लागि महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकको सिफारीस गर्ने छ । महालक्ष्मी विकास बैक धरानका प्रमुख प्रबल श्रेष्ठले महालक्ष्मी विकास बैकसँग कुनैपनि हिसाबले आवद्ध ग्राहक तथा सेवाग्राहीलाई ब्युटिसियन कोर्ष गर्न चाहामा हामी सहज ढङगले सिफारीस गर्ने छौ । हाम्रो उदेशय अबको युवा पुस्ताको हातमा सिप होस् भन्ने हो त्यसै कारण हामीले यो सम्झौता गरेका छौ ।

कोर्ष का साथै ब्युटिसियनको सेवा लिदा महालक्ष्मी विकास बैकका ग्राहक,कर्मचारी तथा क्युआर कोर्ड होल्डरले २० प्रतिसत छुट पाउने छन् । ब्युटिसियन कोर्ष तथा सेवा सम्बन्धि निःशुल्क काउन्सेलिङपनि प्राप्त हुने सम्झौतामा उल्लेख छ । यो सम्झौता एक बर्षका लागि भएको बैक धरान शाखाका प्रमुख प्रबल श्रेष्ठले जानकारी दिए ।

आर्या ब्युटि आर्ट एण्ड एकेडेमी की कार्यकारी निर्देशक सिता मिश्रले आर्यामा ब्युटिसियन,मेकअप,नेटआर्ट तथा स्कीन केयर सम्बन्धि कोर्ष हुने गरेका छन् । आर्याले क्लिनिकल सेवा तर्फ ब्युटि पार्लरमा पाउने सम्पुर्ण सेवाका साथै छालामा आउने दाग,पोता,चाया जस्ता समस्यको उपचार सेवा प्रदान गर्दै आएको मिश्रले जानकारी दिइन ।

धरान–१० स्थित पुतली लाईनमा रहेको आर्या ब्युटि आर्ट एण्ड एकेडेमी पुर्वी नेपालको ब्युटिसियन कोर्ष तथा सेवाको गुणस्तरिय सेवा दिने क्लिनिकल एकेडेमी हो ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved