धनकुटा । बिदेश बाट फर्काउन लागिएका धनकुटा स्थित महालक्ष्मी नगरपालिकाका स्थानीय हरुलाइ कोरोना परिक्षण गर्न चुनौतीपूर्ण रहेको नगरपालिका सुचना अधिकृत खगेन्द्र नेपालले बताउनुभएको छ ।
उनका अनुसार महालक्ष्मी नगरपालिका मा बिदेश बाट आएका करिब ५ सय जना र स्वस्थ्यकर्मी, महालक्ष्मी न।पा।, धनकुटामा सुरक्षा कर्मी लगाएत कर्मचारी र बिरामी २ सय जना गरेर कुल ७ सय जना को आरडिटी तथा पिसिआर परिक्षण गर्न चुनौतिपुर्ण रहेको छ ।
धनकुटामा गत आइतबार एक जना स्वस्थ्यकर्मी मा कोरोना संक्रमण देखिए पछि सबै को परिक्षण को तयारी गरेको हो । सबैको परिक्षण गर्न चुनौतिपुर्ण रहेको ले सहयोग लागि उनले आग्रह गरेका छन ।
नगरपालिका ले क्वारेन्टाइन को ब्यबस्थपन गर्न पनि समस्या हुने उनको भनाइ छ । एक्सरे मेशिन, एउटा मात्रै एम्बुलेन्स ले सबै लाई ब्यबस्थपान गर्न चुनौतिपुर्न रहेकाले सरकारी, गैरसरकारी निकाय, स्वदेश र विदेशमा रहनु सबैलाइ सहयोगको लागि उनले अनुरोध गरेका छन ।