कृषियोग्य जमीन संरक्षण गर्न सरकारले भू–उपयोय नीति जारी गरे पनि कृषियोग्य जमीन संरक्षण नहुने अवस्था देखिएको छ । कृषियोग्य जमीनको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादनमा वृद्धि, खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित शहरीकरणलगायतका उद्देश्य राखेर सरकारले भू–उपयोग नीति जारी गरेको हो । अहिले अवस्था भिन्न देखिन थालेको छ । कृषि क्षेत्रमा परेपछि दुई कट्ठाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने र मूल्य पनि सस्तो पर्ने ठानेर सर्वसाधारणले कृषियोग्य उर्वर भूमिलाई पनि आवास क्षेत्रमा पार्ने प्रयास गर्न थालेपछि सरकारी उद्देश्य नै असफल हुने देखिए
माघ सकिन लाग्दासमेत हिमपात नहुँदा पूर्वी हिमाली क्षेत्रमा जनजीवनमा नकारात्मक असर पर्न थालेको समाचार प्रकाशित भएको छ । अघिल्ला वर्षहरूमा ताप्लेजुङ, सङ्खुवासभावजस्ता हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो साता नै हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरू सेताम्य हुन्थे तर अहिले हिमपात नहुँदा कञ्चनजङ्घा हिमशिखर कालो चट्टानजस्तै देखिएको छ । यसको असर बहुआयामिक हुने निश्चित छ । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा भएको हिउँ पनि पग्लेपछि हिमताल सुकेर पानीको हाहाकार हुने सम्भावनाले स्थानीय चिन्तित छन् । सुक्खा मौसम भएपछि घाँसपात पनि उम्रिदैन । उच्च हिमाली क्षेत्रमा अन्न उत्पादन नहुने भएकाल
आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो । किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु
रुस–युक्रेन युद्धका कारण सुरु भएको महङ्गी चालू आर्थिक वर्ष २०७९÷८० को छैटौँ महिनामा पनि घटेको छैन । महङ्गीका कारण सर्वसाधारणको ढाड सेकिएको छ । खास गरी पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ भने खानेतेलमा मूल्यवृद्धि आकाशिँदो छ । इन्धनमा भएको मूल्यवृद्धिले हरेक क्षेत्रमा प्रभाव पारेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार गत पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । हामी सङ्कटोन्मुख दिशामा छौँ भन्ने यसबाट पनि देखिन्छ । पुसमा काठमाडौँ उपत्यकामा
धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो । ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या द
साना किसानहरूका अनेक समस्या छन् । बर्डफ्लूपीडित किसानमात्र होइन, हरेक किसानका आ–आफ्नै कष्ट र समस्या छन् । २०७८ माघयता फैलिएको बर्डफ्लुका कारण थुप्रै किसान मारमा परेका छन् । सरकारी आँकडाअनुसार यस अवधिमा २९९ जना किसानका फार्मको पन्छी नष्ट गरिएको छ । बर्डफ्लू नियन्त्रणका लागि कालिज, ब्रोइलर कुखुरा आदि नष्ट गरिएका थिए । यसरी नोक्सानी व्यहोर्ने किसानहरूलाई राहत प्रदान गर्न सरकारले मापदण्ड नै बनाएको छ । सो मापदण्डअनुसार किसानहरूले अझैसम्म पनि राहत पाइसकेका छैनन् । यसका लागि सरकारले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७८’ बनाएको छ । यसअनुसार बर्ड
धरान–१६ मा ४९ वर्षअघि स्थापना भएको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) देशले भोगिरहेको विसङ्गतिलाई प्रस्तुत गर्ने उपयुक्त उदाहरण बन्न पुगेको छ । जसरी पर्याप्त प्राकृतिक सम्पदा भईकन पनि हाम्रो देश अभावग्रस्त छ, त्यसैगरी आवश्यक सम्पत्ति भएर पनि संरक्षण हुन नसक्दा यस विद्यालयले अभाव झेलिरहनु परेको छ । संरक्षण गर्न नसक्दा विद्यालयका जग्गामा अतिक्रमण बढ्दो छ । यसकारण यो विद्यालय अहिले दाताकै भरमा सञ्चालन भइरहेको समाचार प्रकाशमा आएको छ । यो विडम्बनाको विषय हो । आप्mनो सम्पत्ति हुँदाहुँदै पनि दाताको मुख ताक्नुपर्ने अवस्था आउनुलाई कुनै पनि अर्थमा सकारात्मक भन्न सकिँदैन । यो त उदाहरण मात्र हो
पार्किङको विषयमा विराटनगर महानगरपालिका र खुद्रा व्यापारीबीच द्वन्द्व चर्किएको छ । महानगरपालिकाले मुख्य सडकको पार्किङ हटाएपछि यसको विरोध गर्दै विराटनगरका साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा ओर्लिएका छन् । उनीहरू सोमबार पसल नै बन्द गरेर सडकमा ओर्लिए । उनीहरूको भनाइअनुसार उनीहरू पार्किङ निषेधको विरोधमा छैनन् । अल्पकालीन रूपले बनाइएका पार्किङमा पनि शुल्क लिइएकोमा भने उनीहरूको विरोध छ । यो विषयलाई महानगरपालिकाले गम्भीरतापूर्वक लिनुपर्छ । व्यापार–व्यवसायले नै अर्थतन्त्रलाई चलायमान बनाउँछ । त्यति मात्र होइन, व्यापार–व्यवसाय नागरिकहरूको जीविकोपार्जनसँग पनि जोडिएको हुन्छ । निजी क्ष
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृतिविना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । यो स्वागतयोग्य निर्णय हो । निर्माण सामग्री जथाभावी राख्दा सडक अवरुद्ध भएर कतिपय स्थानमा आवागमनमै समस्या सिर्जना भएको देखिन्छ । यसले दुर्घटनाको जोखिम पनि बढेको छ । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा जथाभावी निर्माण सामग्री राख्दा दुर्घटनाको जोखिमसँगै सडक भत्किने तथा सर्वसाधारण र सवारी आवागमनमा समस्या हुने गरेका छन् । त्यसैले यो निर्णयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैकल्पिक स्थान हुँदाहुँदै पनि कतिपयले सडक नै छेकेर निर्माण सामग्री राख्ने गरेका छन् । आफ्नो म
देश र नागरिकको अधिकारका निम्ति आफ्नो जीवनको आहुति दिनेहरूलाई सहिदका रूपमा सम्मान गर्ने गरिन्छ । हाम्रो देशमा पनि नागरिक स्वतन्त्रता र अधिकारका लागि थुप्रै वीर–वीराङ्गनाहरूले प्राणोत्सर्ग गरेका छन् । उनीहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । यसै परम्परामा आज पनि सहिद दिवस हो । विभिन्न कार्यक्रमका साथ आज देशभरि नै सहिद दिवस मनाउने तयारी गरिँदैछ । लखन थापालाई देशको पहिलो सहिद मानिए पनि जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा भने