सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !

  • माघ १६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

देश र नागरिकको अधिकारका निम्ति आफ्नो जीवनको आहुति दिनेहरूलाई सहिदका रूपमा सम्मान गर्ने गरिन्छ । हाम्रो देशमा पनि नागरिक स्वतन्त्रता र अधिकारका लागि थुप्रै वीर–वीराङ्गनाहरूले प्राणोत्सर्ग गरेका छन् । उनीहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । यसै परम्परामा आज पनि सहिद दिवस हो । विभिन्न कार्यक्रमका साथ आज देशभरि नै सहिद दिवस मनाउने तयारी गरिँदैछ ।

लखन थापालाई देशको पहिलो सहिद मानिए पनि जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा भने देश र नागरिक स्वतन्त्रताका लागि बलिदान दिने सम्पूर्ण सहिदको सम्मान गर्दै यो दिवस मानाउने गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको संयोजनमा विसं २०१२ सालदेखि माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ को रूपमा मनाउन थालिएको हो सहिद सप्ताहको अन्तिम दिनलाई । यस वर्ष पनि आज ‘सहिद सप्ताह’ को अन्तिम दिन । यस दिनलाई विशेष दिनको रूपमा मनाउनु आवश्यक छ । तिनै सहिदहरूको वीरता र शाहसका कारण आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा सास फेर्न पाएका छौँ । उनीहरूकै बलिदानका कारण आज हामीले स्वतन्त्रताको अनुभूति गर्न पाएका छौँ । त्यसैले उनीहरूको बलिदानलाई स्मरण र सम्मान गर्नु हामी सबै नागरिकहरूको कर्तव्य हो ।

विभिन्न जनआन्दोलन र विद्रोहमा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूको स्मरण गर्ने प्रतीकात्मक दिवसको रूपमा यस दिनलाई लिनु आवश्यक छ । वास्तवमा सहिद कुनै समुदाय वा क्षेत्रको हुँदैन । सहिद सबैका साझा हुन्छन् तर पछिल्ला वर्षहरूमा भने भैmझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा र १० लाख रुपैयाँ सहयोगका लागि दवाब दिने परम्परा सुरु भएको छ । यस्तो प्रचलनले वास्तविक सहिदको अपमान भएको छ । यस्तो प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ ।

‘सहिद’ लाई १० लाख रुपैयाँ राहतको अर्थमा बुझ्नु उनीहरूको अपमान मात्र होइन, यसले उनीहरूको सपनामा पनि चोट पुगेको छ । त्यसैले यसतर्पm राज्य र सर्वसाधारणहरूको पनि ध्यान पुग्नुपर्छ । पछिल्लो समयमा सहिद दिवस पनि औपचारिकतामा सीमित हुन थालेको छ । यस दिनलाई देशव्यापी रूपमा विशेष किसिमले मनाउने वातावरण राज्यले बनाउनुपर्छ । सहिदको देश निर्माणमा सहिदको योगदान र उनीहरूको महत्वबारे सर्वसाधारणलाई जानकारी दिने काममा यस दिनको उपयोग हुनुपर्छ तर आजभोलि सहिद दिवसलाई औपचारिकतामा मात्र सीमित गर्न थालिएको छ । वास्तवमा देखावटी कार्यक्रमले न सहिदको सम्मान हुन्छ, न त यस्तो कार्यक्रम उनीहरूप्रतिको साँचो श्रद्धाञ्जली नै हो । सहिदहरूको साँचो श्रद्धाञ्जली त उनीहरूले देखेका सपनालाई साकार तुल्याउन मेहनत गर्नु हो । सहिदहरूले देखाएको मार्गमा हिँडेर देश र देशवासीको मुहारमा हाँसो ल्याउनु नै साँचो अर्थमा सहिदको सम्मान हुनेछ । सम्पूर्ण राजनीतिक दल र तिनका नेताहरूले यसतर्फ ध्यान दिनुपर्छ । यो नै सबैको मूल मन्त्र हुनुपर्छ । आज सहिद दिवसको अवसरमा कोशीपत्र परिवारबाट सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved