पत्रकार घिमिरेलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

  • माघ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् ।
कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए ।

पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस गरेको बताए ।
कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई सो पुरस्कार प्रदान गरे ।

कार्यक्रममा नेता गुरुराज घिमिरे, प्रदेशसभा सदस्य केदार कार्की, विराटनगर महानगरका मेयर नागेश कोइराला, नेता हसन अन्सारीलगायतले नोना कोइरालाको राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय आ–आफ्ना विचार राखेका थिए ।

यसअघि सो पुरस्कार ईकागजका प्रधान सम्पादक हरि थापालाई प्रदान गरिएको थियो । नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved