इटहरी उपमहानगरले ७ लेन बाटोको अवरोध हटाउँदै

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / विराटनगरको रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरु इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबारदेखि इटहरीको विराटनगर रोडस्थित दुईवटा घरहरुमा डोजर लगाएर भत्काउन शुरु गरेको हो । रानी विराटनगर जोगमनी किमाथांका ६ लेन राजमार्ग अन्तर्गत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तर्गत शुक्रबारदेखि इटहरीमा डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले यो कार्य अब यसलाई अभियानकै रुपमा अगाडि लैजाने उनले बताए । इटहरी क्षेत्र भएर दैनिक यात्रु तथा सर्वसाधारण आवातजावत गर्ने हुँदा आसपासका संरचनाले सडक साँघुरो हुनुको साथै ६ लेन सडक निर्माण परियोजनाले पनि पूर्णता पाउन सकेको थिएन ।

सडक आसपासका संरचना हटाइँदा आवागमन सहज हुनेमात्र हैन, नगरको सुन्दरता समे बढ्ने स्थानीको भनाई छ । उपमहानगरपालिकाले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एकतले पक्की भवनमा डोजर चलाएर अभियानको शुरुवात गरेको बताइएको छ । पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा व्यापारी व्यवसायीहरुले अटेर गर्दै आएपछि शुक्रबार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।

इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरु हटाउने निर्णय स्वरुप शुक्रबारबाट अभियान थालिएको जनाइएको छ । सडक परियोजना अन्तर्गत ५५ फुट कायम हुने गरी शुक्रबारदेखि शुरु गरेर यसलाई निरन्तर काम शुरु हुने पनि उपमहानगरले जनाएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved