नागरिकतामा रविमाथि मात्र किन प्रश्न उठाइयो ? शंकर पोखरेल

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं \  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्‍बन्धी मुद्दा हालिएको दाबी गरेका छन्।

लामिछाने निवर्तमान उपप्रधान तथा गृहमन्त्री थिए। उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा अहिलेको सरकार छ।

सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रियामा लामिछाने गएका थिएनन्, त्यसकारण गत शुक्रबार लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणले सत्ता समिकरणमा फेरबदल नहुने प्रष्ट पारेका छन्।

‘राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण बिथोलिँदैन। समस्याको समाधान गरिन्छ,’ उनले भने, ‘पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको छ।’ उनले लामिछानेको नागरिकता विषयलाई अघि बढाएर सत्ता समिकरण फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा मुद्दा बनाइएको दाबी गरे।

‘कतै यो विषयलाई अगाडि बढाएर सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो। तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन। किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन,’ उनले भने, ‘रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक छ।’

उनले अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको बताएका थिए।

स्रोत सेतोपाटी

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved