अठारौँ शताब्दीको इतिहास पुनर्जीवित

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धनकुटाको निशानदेवी भगवती मन्दिर परिसरमा निर्माण भएको अठारौँ शताब्दीको प्रवेशद्वार, ढुंगेधारा र तोपको पुनर्निर्माण गरिएको छ ।
अठारौँ शताब्दीको इतिहासलाई जीवित गर्ने लक्ष्यले प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको जनाइएको छ ।

२ सय ४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप सरस्वती पूजाको अवसर पारेर पूर्वी पृतनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका छन् ।
विशेषगरी मन्दिरमा निर्मित ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको प्रवेशद्वारभन्दा भित्र रहेका छन् ।

मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुंगेधारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले बताए ।
धारा वि.सं. २०५२ सालमा धनकुटा–हिले लोकमार्ग निर्माण गर्ने क्रममा धनकुटाको जिरोप्वाइन्टमा रहेको ओढार भेटिएको थियो ।

सोही ओढारभित्र भेटिएको ढुंगेधारालाई निशान मन्दिरमा स्थापना गर्न लागिएको निर्माण समितिका सचिव गोठालेले बताए । धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन प्रदेश संग्रहालय धनकुटामा राखिएको थियो ।

धारा सर्वसाधारणका लागि निशान मन्दिरको बाहिरी भागमा खुला राखिएको छ । प्रवेशद्वार, ढुंगेधारा र २ थान तोप नेपाली सेनाको क्युआइपी कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट भीमदल गण धनकुटाले गत भदौ ३० गतेबाट पुनर्निर्माण गरेको थियो । १५ लाख ५९ हजारको लागतमा पुरातात्विक शैलीको प्रवेशद्वार तथा ढुंगेधारा र तोप निर्माण सम्पन्न गरिएको हो ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved