खोलाकिनारामा बस्नेलाई नियन्त्रण गर्न कठिन

  • माघ १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / खोलाकिनार अतिक्रमण गरी बसेका सर्वसाधारणलाई धरान उपमहानगरपालिकाले उठाउने क्रम जारी छ । प्रयास जारी रहे पनि पूर्ण नियन्त्रणमा भने उपमहानगरपालिकालाई मुस्किल परेको छ ।
धरानका सर्दु, सेउती खोला किनारामा जोखिमको प्रवाह नै नगरी घर टहरा बनाउनेको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले जोखिम न्यूनीकरण गर्न त्यस्ता वस्तीहरु उठाउन थालेको छ ।

बुधबार पनि उपमहागरपालिकाले धरान ११ सर्दु खोला किनारको सुन्दर वस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको नगरप्रहरीको सहयोगमा वस्तीहरु भत्काएको पाइएको छ । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको टोलीले अनधिकृत ढंगबाट बनाइएका बासको घेराबारा गरी टहरा बनाउँदै गरेको अवस्थामा भत्काएको छ ।

नगर प्रहरी प्रमुख कोइरालाले भने–‘घर टहरा बनाउने प्रयोजनले बाँसका घेराबारा लगाएर जग्गा रोक्ने र केही नयाँ टहरा समेत बनाउन शुरु गरेको पाइएको थियो, त्यसलाई नियन्त्रण गर्न नगरले भत्काएको हो ।’
उक्त क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएपछि बुधबार नगर प्रहरी पुगेर अतिक्रमित क्षेत्र खाली गराइएको थियो । उनले हिउँदको समयमा यस्ता ठाउँमा वस्ती बस्दा जोखिम नभए पनि बर्षाद्को समयमा भने अत्यन्तै जोखिम हुने देखिएकोले मानवीय तथा धननको क्षति न्यूनीकरणका लागि बासको घेराबारा र केही नयाँ संरचना भत्काइएको बताए ।

उपमहानगरपालिकाले न्यूनीकरणको प्रयास गरे पनि सर्दु, सेउती खेलाको किनारामा अनधिकृत रुपमा टहरा बनाएर बस्ने क्रम रोकिएको छैन । नियन्त्रणका प्रयास गर्ने क्रममा केही ठाउँमा झडप समेत हुने गरेका छन् । गत आइतबार धरान ५ अधेरी खोला किनारमा अवैधरुपमा बनेको घर भत्काउने क्रममा डोजर चलाउँदा आक्रोशित स्थानीयहरुले डोजरको सिसा फुटाएका थिए ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved