क्रिकेटको उपाधि कस्तुरी कलेजलाई

  • माघ १२, २०७९
  • कोशीपत्र/संवाददाता
alt

 

सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो । कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए। सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य पछ्याएको कस्तुरी कलेजले ८ दशमलव ३ बलमा ३ बिकेट गुमाउदै लक्ष्य भेटाएको थियो कस्तुरी कलेजको लागि म्यानअफ द म्याच अनुराग खत्रीले नटआउट १७ र सुमन मगरले १६ रनको पारी खेले बिपन पोखरेलले १५ र आर्यन राईले ९ रन जोडे ।

उत्कृष्ट खेलाडी तथा बेष्ट बलर कस्तुरीका अनुराग क्षेत्री र उत्कृष्ट ब्याष्टमेन सुष्मा कलेजका अनोज पाठक घोषित भए । माघ ९ गतेबाट सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध ८ वटा कलेजहरुको सहभागिता रहेको थियो । हिसान सुनसरीले यसपटकदेखी प्रतियोगिता ड्यूज बलले खेलाएको हो ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved