यातायात प्रमुखलाई कालो मोसो

  • माघ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुखलाई बुधबार कालो मोसो दलिएको छ । कार्यालयको कार्यकक्षमै बसेका उनलाई कक्षमै प्रवेश गरी कालो मोसो दलिएको जनाइएको छ ।
कार्यालय प्रमुख बाबुराम लुइँटेललाई कालो मोसो दलिएको धनकुटा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यातायात प्रमुख लुइँटेललाई कालो मोसो दलेको खबर पाउना साथ घटना स्थलमा पुगेको बताए । उनले भने–‘हामीले यातायात कार्यालयका प्रमुख लुइँटेललाई कार्यालय कक्षभित्रै दुव्र्यवहार गरी कालो मोसो दलेको कुरा सूचना प्राप्त भयो, सूचना पाउनासाथ हामी घटना स्थलमा पुगेका थियौँ ।’

उनले कार्यालय कक्षभित्रै कार्यालय प्रमुखलाई कालो मोसो दल्नेको खोजी कार्य गरिरहेको बताए । उनले मोसो दल्नेका विरुद्धमा प्रहरीमा उजुरी परेको बताउँदै कालो मोसो दल्ने जोकोहीलाई कारबाही गर्ने जनाए ।
यसैबीच घटनास्थलमा नेकपा बहुमतको पर्चा फेला परेको बताइएको छ । एसपी अधिकारीले कार्यकक्ष छेउमा नेकपा बहुमतको पर्चा फेला परेको बताए । उनले संलग्नको खोजी कार्य भइरहेको समेत जानकारी दिए ।
पर्चामा पार्टीका अध्यक्ष मोहन घलेको हस्ताक्षर रहेको विज्ञप्ती भेटिएको जनाइएकोे छ । विज्ञप्तीमा अध्यक्ष घलेले लुइटेलले प्रक्रिया मिलाएर घुस लिने गरेको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्–‘लुईटेलले कार्यालयका कर्मचारी र बाहिरका केही व्यक्ति प्रयो्ग गरी सरकारी नीति अनुसार प्रक्रिया पूरा गरी उपलब्ध गराइने ड्राइभिङ्ग लाइसेन्स दिन सेवाग्राहीबाट १२ देखि १८ हजारसम्म घुस लिने प्रमाणित भएकोले उनलाई चेतवनीस्वरुप साँकेतिक कारबाही गराएको जानकारी गराउँदछौं ।’

लुइटेलले घुस लिने गरेको विषय जिल्ला संगठन समिति अन्तर्गत न्यायिक समितिमा जाहेरी आएको र छानबिन र अनुसन्धान गर्दा प्रमाणित भएकोले कारबाही गरिएको विज्ञप्तीमार्फत जनाइएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved