नेपाल विजनेशको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

  • माघ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  नेपाल विजनेश कलेजले आफ्नो सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विरानटगर ११ मा रहेको कलेजले माघ १ गतेदेखि ६ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतियोगीतामा कलेजले फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १सय मीटर दौड र स्पुन रेस जस्ता खेल समावेश गरेको थियो ।
खेलकुदको माध्यमबाट विधार्थीहरुलाई अनुशासित बनाउदै स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्ने उद्देश्यले कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । सप्ताह व्यापी खेलकुद कार्यक्रममा कलेजका वि.वि.ए., वि.आई.टी र एम. वि.ए. अध्ययनरत विधार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमको आयोजना भने वि.वि.ए. आठौ सेमेष्टरमा अध्ययनरत विधार्थीहरुले गरेका थिए । सोही अवसरमा कलेजले शनिवार होटल इस्र्टन स्टारमा कलेजबाट वि.वि.ए. तथा एम.वि.ए. अध्ययन पूरा गरेका विधार्थीहरुको उपस्थितिमा नविना खत्रीको अध्यक्षतामा ११ सदस्यीय ‘अल्मुनी एसोसिएसन’ समेत गठन गरिएको कलेजले जनाएको छ ।

समापन कार्यक्रमकै दिन कलेजले वि.वि.ए., वि.आई.टी तथा एम.वि.ए. मा नयाँ भर्ना भएका विधार्थीहरुको स्वागतार्थका लागी स्वागत कार्यक्रम समेत राखेको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत ३५० भन्दा बढी विधार्थिहरुको सहभागीता रहेको थियो । कलेजका संंस्थापक अध्यक्ष भेषप्रसाद धमलाको प्रमुख अतिथित्यमा सम्पन्न कार्यक्रममा वि.वि.ए.चौथो सेमेष्टरमा अध्ययनरत विधार्थीहरुले आयोजना गरेका थिए । लिंकन विश्वविधालय मलेसीयाबाट सम्बन्धन प्राप्त उक्त कलेजमा वि.वि.ए., वि.आई.टी. र एम.वि.ए. कार्यक्रम सञ्चालनमा रहेका छन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved