अलैचीकाे मूल्य घटेपछि कृषक चिन्तित बजारीकरण गरिदिन माग

  • माघ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर / अलैचीको बढी उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भोजपुरका किसानहरु उत्पादन गरेको अलैचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । गत वर्ष भन्दा यस वर्ष अलैची झण्डै आधा मूल्यमा खरिद बिक्री भएपछि उनीहरु चिन्तित बनेका हुन् ।

कृषकका अनुसार गत बर्ष प्रतिमन ४० हजार रुपैयामा बिक्री भएको अलैची यस बर्ष प्रतिमन २४ हजारमा विक्री भएको छ । भोजपुर टेम्कोमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैची कृषक चक्रबहादुर विष्टले गत बर्षको तुलनामा अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गत बर्ष यही प्रकृतिको अलैचीको मूल्य प्रतिमन ४० हजारमा विक्री भएको थियो, अहिले स्वात्तै घटेर २४ हजार पुगेको छ, कृषकको मेहनत खेर जाने अवस्था छ ।’

उनले आफूजस्ता धेरै कृषक गिरावट आएको मूल्यका कारण मार्कामा परेको बताएका छन् । उनले भने–‘यस बर्ष यस अगाडिका बर्षभन्दा अलैचीमो मूल्य अत्यन्त निर्धारण भएको छ, यसले सय भेगमा अलैची उत्पादन गर्ने कृषक मारमा परेका छन् ।’

कतिपय अवस्थामा मूल्य भएपनि अलैचीमा लाग्ने कीराको प्रकोपका कारण समस्या हुने बताउँछन् । उनी भन्छन्–‘मूल्य पाएको अवस्थामा अलैची नै प्रसस्त उत्पादन हुँदैन, मूल्य कम भएको अवस्थामा अलैची पनि प्रसस्त उत्पादन भएको हुन्छ ।’

उनका अनुसार उनको गाउँ चोलन्तीमा मात्र यस बर्ष ६ सय मन अलैची उत्पादन भएको बताए । उनी भन्छन्–‘अलैची बेच्ने अभिप्रायले धेरैले अन्य खेति गर्न छोडेर अलैची उत्पादनमा लाग्छन्, यस्तो अवस्था आयो भने कृषकको मेहनत त्यसै खेर जान्छ ।’

विष्टले मात्र १० मन अलैची उत्पादन गरेको बताए । अलैची उत्पादन गर्न अत्यन्तै कठिन भएको उनी सुनाउँछन् । उनी भन्छन्–‘अलैची उत्पादनमा मेन पावर बढी चाहिन्छ, घरको परिवारले मात्र त्यो सम्भव हुँदैन, गोडमेल तथा अलैची टिप्नकै लागि ५० जना भन्दा बढी जनशक्ति चाहिन्छ, मूल्यमा गिरावट आउँदा उत्पादन गर्दा लागेको खर्च समेत उठ्दैन ।’ कुनै समय प्रतिमन १ लाख २० हजार मूल्यसम्म अलैची बेचेको उनी सुनाउँछन् ।

उनी भन्छन्–‘अलैचीले मूल्य पाउँदा धान खेत मासेर भएपनि अलैची लगायौ, फाइदै थियो, अहिले त साउ पनि उठ्न छाड्यो, अलैची खेती गर्न नसकिने अवस्था आइसक्यो ।’
५÷६ बर्ष अघिसम्म अलैचीको राम्रो व्यापार भए पनि कोरोना संक्रमणपश्चात अलैचीले मूल्य नपाएको उनको भनाई छ । उनी भन्छन्–‘विदेश जानुभन्दा अलैची उत्पादन गर्दा फाइदा थियो, तर अब त्यस्तो रहेन ।’
लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय सुवास विष्टले समेत वैदेशिक रोजरारलाई छोडेर अलैची खेतिमा लागेको सुनाउँछन् । उनले अलैची खेतिबाट फाइदा भएपछि ११ रोपनीभन्दा बढी जग्गामा अलैची खेति लगाएका थिए ।

उनले भने–‘देशमै केही गरु भनेर वैदेशिक रोजगार छोडेर अलैची खेतिमा लागेको हुँ, केही समय त राम्रो भयो, पछिल्लो समय अलैची खेतिबाट खासै फाइदा हुन छाड्यो ।’ अलैचीमा लाग्ने कीरासँगै उत्पादन भएको अलैचीको मूल्यमा गिरावट आएकोमा समस्या भएको बताए ।

अलैची खेतिका लागि सरकारले प्राविधिक ज्ञान र बजारको व्यवस्था नगरिदिएको उनको गुनासो छ ।
अलैँचीमा लाग्ने रोग, खडेरीलगायत विविध कारण अलैँचीको उत्पादन घट्दै गएको स्थानीय किसान पुष्कर विष्टले बताउँछन । किसानहरुले दोहोरो समस्या भागेको उनको भनाई छ । उनी भन्छन्–‘एकातिर कीराको प्रकोप, अर्कोतर्फ उत्पादन गरेको अलैचीको मूल्यमा गिरावट, यसले गर्दा कृषकहरु अलैची खेतीबाट विस्थापित हुने सम्भावना बढेर गएको छ ।’

जिल्ला अलैँची व्यवसायी संघ भोजपुरका अध्यक्ष नविन प्रधानले यस बर्ष अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गिरावट हुनुको प्रमुख कारण अलैचीमा लाग्ने कीरा, बादरले दुःख दिने लगायतका कारण रहेका छन्, त्यसमाथि उत्पादन भएको अलैँचीले समेत भाउ नपाएपछि कृषकहरु निराश छन् ।’

‘रोगको प्रकोप, मूल्यमा गिरावट लगायतका कारणले किसानले गरेको श्रमको ज्याला उठाउनै गाह्रो छ, सरकारले अलैचीको उचित मूल्य निधारण गरेर बजारीकरण गरिदिए कृषकले लाभ पाउने थिए ।’
अलैँचीको उत्पादन पनि कुल बर्सेनि कमी हुँदै आएको श्रेष्ठकोे भनाइ छ । अहिले यस क्षेत्रमा ४० रोपनी क्षेत्रमा अलैँचीको खेती आएको उनको भनाई छ ।

जिल्लामा ७ सय १९ हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो । भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुने गर्दछ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved