शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान

  • माघ १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान गरेको छ ।

कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् ।
त्यस्तै क्याम्पसको प्राध्यापक डा. प्रमोकुमार झा र अनुज शर्मालाई पनि सम्मान गरिएको छ ।

उनीहरु स्थापनाकालदेखि हालसम्म अनवरत रुपमा सोही कलेजमा प्राध्यापन गर्दै आएका छन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीलाई विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो । त्यस्तै २०७९ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले विभिन्न जातीय पहिचान झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपकुलपति प्रा.डा. कोइराला, कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. चौधरी, पूर्वाञ्चल विश्वविद्यालयकै अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख प्रा. सन्जेशप्रसाद कोइराला, कलेजका एकेडेमी एडभाइजर डा. सन्देश दास श्रेष्ठ, निर्देशक अश्विनी वंशललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा वीवीए र एमवीए गरी साढे ४ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved