धरानको पुरानो सामुदायिक विद्यालय उपेक्षित

  • माघ १२, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर / धरानको पुरानो सामुदायिक विद्यालय भगवती आधारभूत विद्यालय ६९ वर्ष पुगिसक्दा पनि स्तरोन्नति हुन नसकेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मंगलबार विद्यालयको ६९ औ वार्षिकोत्सव एवम् अभिावक दिवस मनाउने क्रममा बोल्ने शिक्षक तथा अभिभावहरुले यस्तो बताएका हुन् ।

विद्यालय २०१० सालमै स्थापना भएको भएपनि यो विद्यालयलाई सरकारको आँखा पुग्न नसकेको विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले बताए । उनले भने–‘धरानको सबैभन्दा पुरानो विद्यालय हो, यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यका पहुँच हुने स्थानमा पुगेका छन्, तर पनि यो विद्यालयको अवस्था पहिला जस्तो थियो त्यस्तै छ ।’

विद्यालयको वार्षिकोत्सवमा सहभागी हुन आएका सुनसरी क्षेत्र नं. १ (ख) बाट विजयी बनेका सांसद विजय राईले निजी विद्यालयमा आफ्ना नानीहरुलाई पढाउने होडबाजीका कारण सामुदायिक विद्यालयको स्तरोन्नति हुन नसकेको बताएका थिए ।

उनले अभिभावकहरुको मनस्थिति नै सामुदायिक विद्यालय भन्दा महङ्गो शुल्क तिरेर निजी विद्यालयमा आफ्ना नानीहरुलाई पढाउने गरेको बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीहरुलाई पढाइप्रतिको विश्वसनीयता बनाउन आवश्यक रहेको बताएका थिए ।

स्थानीय सरकारको मातहतमा आएको विद्यालयलाई सुधार गर्नुपर्ने जिम्मा लिएपछि विद्यालयको अनुगमनमा स्थानीय सरकारले तीव्रता दिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए । उनले भने–‘धरानका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने विषयमा उपमहानगरपालिका गम्भीर रहेको छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालले यही विद्यालयबाट आफ्नो शिक्षाको प्रारम्भ भएको बताएका थिए । उनले भने–‘म अध्ययन गर्दा जस्तो थियो, ६९ वर्षको हुँदा पनि यो विद्यालयको अवस्थामा तात्विक केही फरक छैन ।’ उनले यो विद्यालय निमाविबाट आधारभूत भएको भए पनि शैक्षिक गुणस्तरमा केही फरक नभएको बताए ।

उनले भने–‘हामीले अध्ययन गर्दा यही विद्यालय निम्न माध्यमिक थियो, अहिले आधारभूत भएको छ, फरक यति नै अरु फरक केही पनि भएको छैन ।’ वार्षिकोत्सवमा पुर्व विद्यालय व्यवस्थापकहरुको समेत उपस्थिति रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved