हराएका विद्यार्थी एक दिनपछि भेटिए

  • माघ १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विद्यालय हिडेका चार बालिका मंगलबार एकाएक हराए । घरबाट विद्यालय जान्छु भनेर हिडेका ती बालिकाहरु साँझसम्म घर नआएपछि विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भनेर निवेदन दिएका थिए ।
मंगलबारबाट सम्पर्क बिहीन बनेपछि अभिभावहरुले हराएका बालिकाको खोजी कार्य गरेका थिए । उनीहरुले आफ्ना नजिकका नातेदार, उनीहरुका साथीहरुको घरमा पुगेर खोजी कार्य गरे पनि नभेटिएपछि अन्ततः उनीहरुले इलाकामा खोजीका लागि निवेदन दिन बाध्य भएका थिए
मंगलबारबाट हराए पनि प्रहरीमा ढिलागरी बुधबारमात्र अभिभावकले खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीमा खोजी कार्यका लागि निवेदन आएलगत्तै धरानप्रहरीले खोजी कार्यलाई तीव्रता दिएका थिए । तीव्रता दिने क्रममा बुधबार साँझ ७ बजे उनीहरुलाई प्रहरीले धरान १२ एनआइसी बैंक माथिबाट भेटाएको छ । सम्पर्कमा आएका उनीहरुको विषयमा धरान प्रहरीले बुझ्ने काम गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले हराएका बालिकाको खोजी कार्यलाई तीव्रता दिएसँगै उनीहरुलाई फेला पारेको बताएका छन् । उनले भने–‘विद्यालय गएका विद्यार्थी हराएको विषयमा अभिभावकले खोजी कार्यका लागि निवेदन दिएका थिए, प्रहरीको सक्रियतामा खोजी कार्यलाई तीव्रता बनाइएको थियो, उनीहरुलाई धरान १२ बाट फेला पारेका छौं ।’

उनले विद्यालय नै नपुगी हराएको भन्ने सुनिएको बताउँदै यस विषयमा बालिकाहरुसँग सोधपुछ गर्ने काम भइरहेको बताए । उनले भने–‘हामीले चारजना बालिका नै फेला पारिसकेका छौं, वास्तविकता के हो भन्ने कुरा हामी बुझ्ने काम गरिरहेका छौं ।’

मंंगलबार विद्यालय जाने भनी हिडेका धरान २ निकेतन गल्लीकी कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका, धरान १२ बस्ने ११ बर्षीय कक्षा ५ मा अध्ययनरत एक बालिका, धरान १४ की कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका र धरान २ की कक्षा ७ मा अध्ययनरत १४ बर्षीया बालिका रहेको प्रहरीले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved