भेडेटारमा चहलपहल बढ्दै "लयमा फर्किन सकिने व्यवसायीको अपेक्षा"

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विश्वको १२ औ गन्तव्यको रुपमा रहेको भेडेटारमा राजनीतिक तथा आर्थिक अवस्था सुदृढ हुदै गएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु भेडेटार आउन थालेका छन् ।

विगतमा भारतले गरेको नाकाबन्दी, कोरोना संक्रमण तथा मुलुकको संक्रमणकालीन अवस्थाका कारण नेपालमा घुम्न आउनेहरुले सुरक्षाको चुनौति देखेर नआउने गरेका थिए । तर अहिले भेडेटार चलायमान भएको छ, आर्थिक कारोबार बढेको छ ।

सागुरीगढी गाउँपालिका वडा नंं ६ भेडेटार धनकुटाबासीकोमात्र हैन पूर्वी नेपाल र भारतीय पर्यटकको लागि पर्यटकीय गन्तव्य स्थल हो । तर केही बर्ष यहाँ देशको राजनीतिक संक्रमण, कोरोना संक्रमण लगायतका कारणले घुम्न आउनेको संख्या अत्यन्तै न्यून थियो । अंग्रेजी नयाँ बर्षको अवसरमा भेडेटारमा लगाएको फुठफेस्टिबल पछि पर्यटक बढेका छन् ।

इटहरीबाट स परिवार भेडेटार घुम्न आएका रामु पोख्रेलले भेडेटारको पहिचान भनेकै छिनछिनमा मौसम बदली हुने बताए । उनले यही मौसम परिवर्तन नै भेडेटारको पहिचान बनेको बताउदै यहाँ घुम्न आउँदा केही क्षण भएपनि थकाइ मेटिएको आभाष हुने बताए

स्थानीय मात्र हैन भारतका विहारबाट आएकाहरुको समेत भनाई उस्तै छ । विहारमा यो स्थानको धेरै चर्चा हुने बताउदै यहाँका सर्वसाधारण स्वच्छ भएका कारण घुम्ने ठाउँमा पनि निर्धक्कसँग घुम्न सकिने वातावरण भएको विहारबाट आएकी ममता साह बताउँछिन् । उनी भन्छिन्‘यहाँका सर्वसाधारण साह«ै इमान्दार छन्, गन्तव्यको विषयमा सोध्दा बताइदिइहाल्छन्, सुरक्षाको अवस्था पनि यहाँ धेरै राम्रो छ।

त्यसो त यहाँ आएका पर्यटकहरुले भेडेटार आसपासका आकर्षक स्थलको दृश्यावोकन गर्न पाउने भएकोले पनि पर्यटकहरु आउने गरेको साँगुरीगढी गाउँपालिकका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भेडेटारलाई सागुरीगढका अन्य स्थान र छिमेकी जिल्लालाई जोडेर हाइकिङ ट्या«क निर्माण गर्ने, भेडेटारलाई साहसिक खेलको पर्यटक हब बनाउने योजना अनुरुप गाउँपालिकाकै कार्यपालिकाबाट निर्णय गरिएको बताए 

 उनले भने भेडेटारसँगै जोडेर समग्र गाउँपालिकालाई पद यात्राको रुपमा विकास गर्ने, ठाउँ ठाउँमा होमस्टे सञ्चालन गर्ने र भेडेटारलाई साहसिक पर्यटकको गन्तव्य स्थल बनाउने विषयमा गाउँपालिकाको कार्यपालिकाबाट निर्णय भइसकेको छ, चाडै यसलाई कार्यान्वयनमा लान्छौं ।महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् । यहाका आकर्षक स्थललाई केन्द्रविन्दु बनाएर पर्यटकका लागि अन्य आकर्षक योजनाहरु अगाडि बढाउन गाउँपालिका लागि परेको छ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved