सेन्टरको स्थापना दिवसमा स्टेशनरी सामग्री वितरण

  • माघ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेकपा माओवादी केन्द्र सम्बद्ध प्रेस सेन्टर नेपालकोे १९ औँ स्थापना दिवसका अवसरमा धरान – १६ मा रहेको पञ्चायत आधारभूत विद्यालय (भकारी स्कुल) मा अध्ययनरत ५० विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ ।

ppppppp 1
आइतबार प्रेस सेन्टर नेपाल सुनसरीले स्थापना दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुलाई कपी,कलम र खाजा समेत वितरण गरिएको थियो । गत बर्ष स्थापना दिवसकै अवस पारेर प्रेस सेन्टर सुनसरीले पकलीमा रहेको वृद्धाश्रममा पुगेर त्यहाँका ज्येष्ठ नागरिकहरुलाई खिर खुवाएको थियो ।

धरान उपमहानगरपालिका जस्तो सुविधासम्पन्न उपमहानगरपालिकाभित्र रहेको यो आधारभूत विद्यालय भौतिक पूर्वाधार भएपनि यो विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि कसैको ध्यानाकर्षण नभएको प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीले बताए ।

pppp 1

यो विद्यालयलाई सहयोग पुर्‍याउँदै स्थानीय सरकारको ध्यानाकर्षण गराउन पनि स्थापना दिवसका अवसरमा स्टेशनरी सामान विद्यार्थीहरुलाई प्रदान गरिएको उनको भनाई छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले यहाँ अध्ययनरत विद्यार्थी अधिकांश भूमिहीन सुकुम्बासीका सन्तान अध्ययन गर्ने बताउँदै सरकारी सहयोग न्यून रहे पनि दाताकै सहयोगबाट विद्यालय सञ्चालन भइरहेको बताएका थिए ।

pr

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष एवम सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष एवम १७ का वडाध्यक्ष मनोज भट्टराई, सेन्टरका उपमहासचिव राजन केडी, सेन्टरका धरान नगर अध्यक्ष विनोद विश्वकर्माले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा, माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक राई, लेखक एवम पत्रकार राजेन्द्र किराती, प्रेस यूनियनका धरान नगर सभापति मातृकाप्रसाद नेपाल संगम बिष्ट, सेन्टरका इटहरी नगर अध्यक्ष सुवास खत्री, सचिव गुरुङ मनिषा, १ नम्बर प्रदेश समितिका सदस्य सञ्ंजय याखा, नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved