विराटनगर । कोरोनाका कारण यतिबेला सिमावर्ती नेपाली क्षेत्रका बजार गुलजार भएका छन् । कोरोना भाइरसको महामारीका कारण प्रदेश १ का भारतीय सीमावर्ती बजार नजिकै सीमा सिल छन । यसको प्रत्यक्ष फाइदा स्वदेशी बजारमा परेको छ । ठूलो संख्यामा नेपाली पुग्ने र अधिक खरिददारी हुने जोगबनी बजारसम्म पुग्न कठिन भएपछि अहिले सीमा वारिका बजारमा चहल पहल बढेको हो । लकडाउनका कारण लामो समय बन्द रहेका नेपालतर्फको बजार र पसल खुलिसकेका छन् । यातायात पनि सूचारु भएका छन । नेपाली बजारमा बिस्तारै दशैंको चहलपहल समेत बढेको छ । व्यापारीका अनुसार भारतीय सीमा बन्द भएका कारण मानिसहरु स्वदेशी बजारमा किनमेल गर्न आउन थालेका छन । व
धरान । दुवै मृगौला खराब भई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराईरहेका तेह्रथुमका २१ वर्षिय मृगौला पिडितलाई ४ लाख ८१ हजार ३० रुपैया सहयोग प्राप्त भएको छ । तेह्रथुमको लालिगुरास नगरपालिका वार्ड न ६ सुङ्नामका दिपेन खवाहाङ लिम्बुलाई तेह्रथुम समाज युकेले सहयोग गरेको हो । तेह्रथुम समाज युके परिवारले संकलन गरि नेपाल पठाएको रकम तेह्रथुम समाज युके नेपालका कोर्डिनेटर तथा किराँत याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन कुमार लिम्बूले बिरामी दिपेन र उनका बुबा भिम बहादुर खवाहाङ लिम्बुलाई प्रदान गरेका छन् । तेह्रथुम समाज युके का अध्यक्ष भुवन खवाहाङ लिम्बुको सम्योजकत्वमा ९५ जनाबाट सहयोग रकम संकलन भएको थियो
धरान । गत चैत्र ११ गते देखि घोषणा भएको लकडाउनका कारण बाहिरी मुलुकबाट आयात हुने सबै खाद्यान्न लगायत अन्य आवश्यकीय वस्तुहरु आउन सकेनन् । व्यापारी सँग स्टक भएका उपभोग्य वस्तुहरु लकडाउनका कारण गोदाममै थन्किन पुगे । लकडाउनको समयमा थन्किएका उपभोग्य वस्तुहरु बजारमा देखिन थालेका छन् । लामो समय देखि स्टक भएर बसेका उपभोग्य वस्तुलाई पुनः लेबलिङ गरि बजारमा ल्याउन थालिएको पाइएको छ । विशेष गरि भारतीय बजारबाट आयात हुने बिस्कुट, चक्लेटहरु म्याद थप गरि नयाँ लेबलिङमा बजारमा पाउन थालेको छ । चाडबाड नजिकिदै गर्दा महंगो मुल्यमा पाइने उपभोग्य वस्तुहरुको अनुगमनमा स्थानीय तह चुकिरहेको छ । सरकारी निकायहरुको पनि चासो प
बराहक्षेत्र । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ति बल्यो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ९ स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले जीवनको उत्तरार्धमा बिजुली बत्ती देख्न पाएकोमा खुसी प्रकट गरे । गरैयामै जन्मिएका र ०४५ सालमा कोशी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्द्रवंशीले पनि ६० औं वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे । वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोशी नदीले घेरेको वडा नं. ६ र ९ को भूभाग टप्पुमा बिजुली बलेपछि पुख्र्यौली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्सा
धरान / पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३६४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना निको भए सगै जम्मा निको हुनेको संख्या७१ हजार ३४३ जना पुगेको छ भने मृतकको संख्या ५ सय ९० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ।
धनकुटा / नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् । फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानी समेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी ते
धरान । लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवश्थामा प्रहरीले इटहरीका एक जनालाई पक्राउ गरेको छ । इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरि राखेको अवश्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाई राखेको २३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिक्रि वितरण भैरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलिले इटहरी ४ स्थित स्याभाले होटलबाट पक्राउ गरेको हो । प्लाष्टिकको टुक्रा बनाई छुट्टा छुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ
धरान । खाली चेक दिई नगद पैसा लिदै हिड्ने इटहरी ९ का एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी ९ स्थित भोजपुर टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ का माधव रिसाललाई प्रहरीले पक्राउ गरेको हो । इटहरीका स्थानीयलाई विभिन्न बहाना देखाउँदै नगद लिई खाली चेक दिदै ठगि गर्दै हिडेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २१ गते इनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपी बस्दै आएको अवश्थामा उनलाई पक्राउ गरेको हो । रिसाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिक ठगि गरेको अभियोगमा मुद्धा चलाइएको जनाएको छ ।
धरान । धरान उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुमा कोरोना संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरु पनि विहिबार देखि बन्द हुने भएका छन् । धरानमा लकडाउन घोषणा नगरि एक साताका लागि कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबारदेखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले सुचना जारी गर्दै कार्यालयका कर्मचारी, वडाका जनप्रतिनिधिहरु समेत कोरोना संक्रमण पुष्टि भएकोले उनीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले उपमहानगर र वडा कार्यालयहरु बन्द गर्नु परेको जनाएको छ ।
धरान । धरान उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको छ । दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पछि धरान उपमहानगरपालिकामा बसेको बैठकले तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । बैठकले नगरबासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले जानकारी दिए । स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक आव्हान गर्ने र त्यसको अनुगमन गर्न शसस्त्र प्रहरी, प्रहरी, नगरप्रहरी परिचालन गरिने उनले बताए । सबै नगरवासीलाई सचेत रहन आग्रह गरेका छन् । बैठकमा राजनीतिक दलका प्रतिनिधि, पुर्वजनप्रतिनिधि, बुद्