Top 4

    Showing 7,841-7,850 of 9,409 items.
  • इटहरीमा थप एक संक्रमितको मृत्यु

    इटहरी । गत १९ गते कोरोना पोजेटिभ देखिएका इटहरी २ निवासी ५८ वर्षिय संक्रमित पुरूषको आइतबार ९हिजो० राति १० बजे मृत्यु भएको छ । भर्ना गरिएका ५८ वर्षिय पुरूषको उपचारको क्रममा धरान स्थित बिपि प्रतिस्ठान धरानमा मृत्यु भएको इटहरी उपमहानगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट इटहरीमा मृत्यु हुनेहरूको संख्या ६ पुगेको छ ।  

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित भएकी महिलाको मृत्यु भएपछि इटहरी वडा नं ८ शिल

     इटहरी । उपचारको क्रममा कोरोना संक्रमित  ५५ वर्षिया महिलाको निधन भएपछि सुुनसरीको इटहरी उपमहानगरपालिका ८ पुर्ण रूपमा शिल गरिएको छ । उपमहानगर अन्तरगत वडा कार्यालयको बैठकले सो वडालाइ वैशाख २९ गते सम्म शिल गरिएको हो । केहि दिन अघि कोरोना संक्रमण पुस्टि भएपछि महिलालाइ उपचारको लागि मोरङको बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । ५५ वर्षिया महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ । महिलाको मृत्यु पश्चात इटहरी वडा नं ८ पुर्ण रूपमा शिल गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नं ८ को बिजुली अफिस र आसपासका क्षेत्रहरू समेटि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

    धरान । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मुख्यमन्त्री बाट राजिनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री गुरुङले आइतबार राजिनामा दिएका हुन् । संससदमा दर्ता रहेको अविश्वासको प्रस्तावमा सोमबार मतदान हुदैँछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले अहिलेसम्म गरेको कामका लागि धन्यवाद दिएकी छन् र अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गरेकी छन् । प्रदेश प्रमुख पौडेलले आइतबार नै संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुल

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्याननै जाने गरी हतियार प्रहार गरी लाखौको धनमाल लुट्ने ३ जना पक्राउ

    धरान । सुनसरी धरान १५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी–३ घर भई हाल धरान १५ सुनगाभा मार्गमा बस्ने ३८ बर्षीय सन्तोष भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान १३ अमरहाट बस्ने २९ बर्षीया लक्ष्मी लिम्बु रहेका छन् । गत बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनिका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकी आमा गोबिन्द माँया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,635 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संकटको वेला घरघरमै स्वास्थ्यसेवा दिदै इटहरी उपमहानगर

    इटहरी । कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले जानकारी दिनुभयो ।   इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन विहान १० देखि २ वजे सम्ममा मोवाईल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 888 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा थप चार जना संक्रमितको मृत्यु

    विराटनगर । आइतबार बिहान विराटनगरमा उपचाररत थप चार जना संक्रमितको नोबेल शिक्षण अस्पतालमा तीन र विराट शिक्षण अस्पतालमा एक जना उपचाररत संक्रमितको मृत्यु भएको हो । नोबेल अस्पतालका अनुसार सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुषको बिहान अढाई बजे, विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको बिहान साढे ३ बजे र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया महिलाको बिहान ७ बजेतिर मृत्यु भएको हो । अस्पतालबा प्रबन्धक नारायण दाहालका अनुसार उनीहरुलाई जटिल अवस्थामा अस्पाल भर्ना गरिएको थियो । यसैगरी विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उमहानगरपालिका –८ की ५४ वर्षीया महिलाको पनि बिहान मृत्यु भएको

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते

    मोरङ । आइतबार बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहाने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र उनकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उनिहरुको को

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ग्रामथानका ५० वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

    धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ ग्रामथानका ५ का ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १५ गते प्रतिष्ठानमा भर्ना भएका उनलाई १७ गते संक्रमण पुष्टि भएको थियो । उनका अनुसार संक्रमित पुरुषको शनिवार राति १०ः १५ मा मृत्यु भएको हो । मृतकको शव नियमअनुसार अन्त्यष्टीको तयारी भइरहेको उनले बताए ।  

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना कहर : लक्षणसहितका संक्रमितले भरिए अस्पताल, आईसियू बेड पाईन छाड्यो

    विराटनगर । प्रदेश १ का अधिकांश अस्पताल संक्रमितले अस्पताल भरिएपछि बेड अभाव पाइन मुश्किल हुन थालेको छ । प्रदेशभर तीन सरकारीसहित बाँकी निजी अस्पतालहरुमा संक्रमितको उपचार हुँदै आएको छ । तर, पछिल्लो समय संख्या थपिएसंगै संक्रमितलाई आईसियू बेड भेट्न कठिन हुन थालेको छ । अस्पतालमा भर्ना हुन बिरामीले पालो कुर्नुपर्ने अवस्थाम आएको विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालले जनाएको छ । अस्पतालका संयोजक वैजनाथ साहले भने,“आईसीयू र एचडीयू बेड भरिएकोले हामीले गम्भीर प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सकेका छैनौं । पालो पर्खनु पर्ने अवस्था आएको छ ।” उनले पछिल्लो समय लक्ष्यणसहितका संक्रमितको संख्या बढेक

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामारीमा पनि प्रयोगमा आउन सकेन भेन्टिलेटर

    इलाम/ एकवर्ष अघि इलाम जिल्ला अस्पताल न्युनतम सेवा प्रवाहमै कमजोर रहेको पाइएको थियो । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले अस्पतालको न्युनतम सेवा मापदण्ड लेखाजोखा गर्दा इलाम अस्पताल न्यूनतम सेवा प्रवाहमा कमजोर पाईएको हो । न्युनतम सेवाको मूल्यांकनमा इलाम अस्पताले ६४ अंक प्राप्त गरेको थियो । महाशाखाले अस्पतालको सुशासन, क्लिनिकल सर्भिस र सहयोगी कुराको व्यवस्थापनको लेखाजोखा गर्दा सुशासन र सहयोगी कुराको लेखाजोखामा राम्रो अंक पाएपनि अस्पतालको क्लिनिकल सर्भिसमा थोरै अंक पाएको थियो । सुशासनमा ७८ अंक, सहयोगी कुरामा ७२ अंक र क्लिनिकल सर्भिसमा ५७ अंकमात्रै प्राप्त गरेको अनुगमनमा संलग्न महाशाख

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 813 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved