प्रदेश नं १ मा दशै अगावै नयाँ सरकार : कांग्रेस

  • भदौ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैं अगाडि नै प्रदेश नं १ मा नयाँ सरकार गठन हुने बताएका छन् ।
नयाँ सरकार बनाउने गृहकार्य शुरु भईकेको र यो बन्नेमा आफू विश्वस्त भएको कार्कीले बताएका हुन । संसदीय दलको तर्फबाट विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै कार्कीले भने,“ नयाँ सरकार दशैं अगावै बन्नेमा म विश्वस्त छु । कसको सरकार बन्छ भन्दा पनि शेरधन राई नेतृत्वको सरकार ढल्ने छ ।” कार्कीले यही मेसो बुझेरै प्रदेश सरकारले चलिरहेको प्रदेश सभाको बर्खे अधिवेशन हठात रुपमा अन्त्य गरेको बताए ।

उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यलाई पुनरावृत्ति गरेको महसुस भएको सुनाए । भने,“पहिले पनि आफू अफ्ठेरोमा परेपछि सत्तासीन दलकै सांसदले नै सदन बहिस्कार गर्ने थिति बसालेका हुन । फेरि सत्ता अफ्ठेरो अवस्थामा पुगेकोले केही समय भएपनि कुर्सीमा बसिरहन प्रदेशसभा अधिवेशन अन्त्य गरिएको कार्कीको आरोप छ ।

“बजेट नैतिक रुपमा फेल भएको हो । प्राविधिक रुपमा मात्र सफल भएको हो । सत्तापक्ष सांसदले बिरोध गरे । सरकार भन्दा विपक्षी जिम्मेवार भएर पास गराएको हो,” कार्कीले भने,“मुख्यमन्त्रीले यही अधिवेशनमा नामकरण गर्ने भनेर सदनको पहिलो अधिवेशनदेखि नै रटान लगाएको र यो थेगो नै बनेको छ । नाम ल्याउने भएको भए पहिले दुई तिहाई थियो अहिले बहुमत छ । किन प्रस्ताव नगरेको त ?” कांग्रेस नामको लागि संधै तयारी अवस्थामा रहेको र छलफलसमेत गरेको कार्कीले सुनाए ।

प्रदेश क्याबानेट मन्त्री हिक्मत कार्कीले आफ्नो दलमा छलफल हुन बाँकी रहेको जानकारी गराएको तर आफूहरुले सभामुखलाई नामबारे सूचना निकाल्न आग्रह गर्दा दलमा छलफल गरेर आउन भनेको सुनाए । कार्कीले भने,“नामबारे सूचना निकालौं भनेको हो । तर भएन । सरकारले नै नचाहेको हो । हामी त तयार थियौं ।”

अहिले अध्यादेशको चर्चाले चालु अधिवेशनमा आउला भनेर कागजात मिलाउन सरकारले अधिवेशन अन्त्य गरेको हुन सक्ने भन्दै प्रमुख सचतेक कार्कीले । मुख्यमन्त्री बहिर्गमन निश्चित भएको बताए । “संघीय संसदमा प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता आउनु भएन तर विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री हुनुहुन्थ्यो । यहाँ प्रदेशमा पनि विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री हुनु हुन्थेन अब कसले बढी राजनीतिक चरित्र देखाएको हो आफैं बुझ्न सकिन्छ ।” कार्कीले सदनमा ५१ प्रतिशत वहुमत भएर पनि मुख्यमन्त्रीले सरकारलाई दिशा दिन नसकेको आरोप लगाए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved