रंगेलीमा अज्ञात समूहद्वारा ४ वटा गाईको हत्या

  • भदौ १, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगली । मोरङ स्थित रंगेलीका श्री प्रसाद मुखियाको ग्वालीमा बाधेका ४ वटा गाईलाई अज्ञात समुहले हत्या गरिदिएका छन् ।

रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको उनको ग्वालीमा रहेका ९ वटा गाई मध्ये एक महिनाको अन्तरमा ४ वटाको हत्या भएको हो । उनको ग्वालीको ताला फुटाएर पसेका अज्ञात समुहले गत साउन ९ गते दुइ वटा र साउन ३० गते दुई वटा गाईको हत्या गरिदिएको उनले बताए । पुनः सोमबार ब्याउन लागेको गाईलाई घाइते बनाएको अवश्था छाडिदिएको उनले बताए ।

वडा कार्यालय नजिकै रहेको नगरपालिकाको जग्गामा बसोबास गर्दै आएका मुखियाले गत वैशाखमा नयाँ टोल स्थित आफ्नै नयाँ जग्गामा ग्वाली बनाएका थिए । वैशाख देखि नयाँ जग्गामा ग्वाली सारेर पुरानो घरमा आफु बस्दै आएका थिए । पुरानै घर देखि ग्वालीको हेरचाह गर्दै आएका थिए ।

गत साउन ९ गते राति ग्वालीमा बाधेका ९ वटा गाई मध्ये दुईवटा गाईलाई रातिको समयमा अज्ञात सुमुहले ग्वालीमा लगाईएको ताला फुटाएर हत्या गरिदिएका थिए । अज्ञान समुहले सखुवाको खम्बामा बाँधेर गाईको मुख, चार वटा खुट्टा बाँधेर, घाटिमा डोरी लगाई गाईलाई खेतमा गाईको मुत्रद्वार र मलद्वारमा किलो छिराएर घाइते अवश्थामा छाडेका थिए । घाइते गाई २४ घन्टा नबित्दै मरेको थियो ।

पुनः साउन ३० गते थप दुईवटा गाईलाई पनि त्यसैगरी घाइते बनाएर छाडेको अवस्थामा फेला पारेको थिए । सोमबार पनि केही महिना पछि ब्याउनै लागेको गाईलाई फेरी अज्ञात समुहले त्यस्तै तरिकाले मारेको थिए । अहिले घाइते गाई उग्राउन छाडेको, दिशा र पिसाव समेत गर्ने छाडेको र केही पनि नखाने गरेको उनले बताए ।

पशु चिकित्सकका अनुसार गाई नबाँच्ने अवश्थामा रहेको उनको भनाई छ ।
गाउँ छरछिमेकमा कसै सँग पनि रिसइवी नभएको उनी बताउँछन् । उनी भन्छन्, गाईलाई यसरी मार्नका लागि एक दुई जनाको हिम्मत हुदैन्, यसमा ठुलै गिरोहको हात छ ।’ गाईलाई यातना दिएर मार्ने जो कोही भए पनि पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न उनले माग गरेका छन् । प्रहरीले दोषिको खोजि कार्य लाई तिव बनाएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved