लकडाउन घोषणा पछि धरानका मेयर आलोचित : ‘राजनितिक दलको माग हो, गरिब जनताको होइन्’

  • भदौ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही दिन अघि राजनितिक पार्टीहरुले लकडाउन गर्न लिखित सुझाव दिए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भनेका थिए, ‘अलोकप्रिय भए पनि धरानमा १५ दिन लकडाउन गर्नै पर्ने अवश्था छ, केही दिनको समय दिएर पुर्ण लकडाउन गरिनेछ ।’

सोमबार सर्वदलिय, सर्वपक्षिय छलफलमा राजनितिक दलहरुको सुझाव अनुसार उनले १० दिन लकडाउन गर्ने निर्णय गरे । उनले भने गरे झै अहिले सामाजिक संजालहरुमा उनी अलोकप्रिय भएको टिप्पणी आइरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय गलत रहेको नागरिकहरुले भनिरहेका छन् । सोमबार भएको छलफलमा पुर्ण लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरे पछि नै उनी आलोचित बनेका हुन् ।

छलफलमा उपस्थित व्यावसायी, मजदुरहरुले लकडाउनको निर्णय गलत रहेको बताइरहेका थिए । विभिन्न सामाजिक संजालमा लकडाउनको विकल्प खोज्न स्थानीयले सुझाव दिएका थिए । तर उनले मंगलबार कार्यपालिकाको बैठकबाट भदौ ४ गते देखि १३ गते सम्म १० दिनको पुर्ण लकडाउन गर्ने निर्णय गराए । उनको निर्णय प्रति सामाजिक संजाल मार्फत नागरिकले प्रश्न उठाइरहेका छन् । उनको नेतृत्व असक्षम रहेको टिप्पणी हुन थालेको छ ।

माओवादीका युवा नेता प्रवेग लिम्बुले सामाजिक संजालमा लेखेका छन्, ‘धरानमा ४–१४ सम्म लकडाउन कडा गर्ने भएछ्न मेयरले । हामिले कर तिर्ने बेला त्यो भिडमा कोरोना नहुने अहिले चाहि कोरोना हुने तिलक ब्रोदर?? कर के स्थानीय राजाहरुलाइ पालनपोषण गर्न मात्र बुझाएका हौ? किन लकडाउन??’ त्यसै गरि तिमिल्सिना बिनोदले ‘साँडेहरुलाई तह लगाउन नसकेर गाई बाछा थुन्दै हिड्ने हाम्रो स्थानिय सरकार !!’ भनेर टिप्पणी गरेका छन् । त्यस्तै बाबुराम कट्वालले आफ्नो सामाजिक संजालमा ‘राजनीतिक दलहरुको माग होला, तर गरीब जनताको होईन । भित्री ढोका खोलेर व्यापार गर्नेको ठूला व्यापारीको होला, तर भाडाको सटरमा व्यापार गर्नेको होइन ।’

भन्दै लकडाउनको विरोध गरेका छन् । राजनितिक दलकै दबाबमा मेयर राईले लकडाउन घोषणा गरेको स्थानीयहरुको आरोप छ । मेयर राईलाई चेनब्रेक गर्न भन्दै साउन १८ गते ध्यानाकर्षणपत्र बुझाएका थिए । लगत्तै मेयर राईले लकडाउन गर्ने बताएका थिए । अहिले चौतर्फि लकडाउन निर्णय विरोध हुन थाले पछि माओवादीले भने आफ्नो निर्णय सच्याएको छ । लकडाउन गर्न ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका माओवादीका सुदर्शन श्रेष्ठले वर्तमान अवश्थामा लकडाउन नभई सुरक्षा मापदण्डलाई कडाइ गर्नु धारणा राखेका छन् ।

मेयर राईको नेतृत्वमा भएको लकडाउनको निर्णयलाई उनकै पार्टीका नेता किशोर राईले पनि टिप्पणी गरेका छन् । उनले एक संचार माध्यममा लकडाउन विकल्प नभएको बताएका छन् । उनले गलत निर्णय भएको बताएका छन् । जनतालाई भ्याक्सिनको उपलब्ध गराउनुपर्ने, सुरक्षा मापदण्ड अपनाउन कडाई गरिनुपर्ने सुझाव दिएका छन् ।

धरानमा लकडाउन गर्न राजनीतिक दलहरूले दवाव दिएकाले उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णय प्रति व्यवसायीहरुले अवज्ञा गर्ने घोषणा समेत गरेका छन् । वस्तुगत व्यवसायीहरुले मंगलबार बैठक बसी लकडाउन गर्न नहुनेमा सहमत जनाउँदै जिल्ला प्रशासन कार्यालय सुनसरी र धरान उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउने भएका छन् ।

धनकुटाको झण्डी डाँडा ...

 धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिक ...

३३औँ स्थापना दिवसमा ...

इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औ ...

शिक्षाविद् गोकुल श्र ...

धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मक ...

तराई–मधेसमा श्रद्धाप ...

दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved