‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’

  • भदौ ३, २०७८
  • गोविन्द बस्नेत
alt

धरान/ लकडाउनको विरुद्धमा धरानका सर्वसाधारणले विरोध जनाएका छन् । निर्णयको विरुद्ध उनीहरु आन्दोलनमा समेत उत्रिएका छन् ।
कोरोना संक्रमित सँगै मृतकको संख्यामा समेत वृद्धि हुदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् । राजनितिक दलको दबाबमा मेयर तिलक राईले लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधबार नाराबाजी गरेका हुन् ।

लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर्न आग्रह सहितको माइकिङ, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ । तर धरानका होटल व्यवसायी, यातायात मजदुर, व्यापारी व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नुपर्ने भन्दै धरानमा विरोधसभाको आयोजना नै गरेका छन् ।
उनीहरुले ‘अव्यवस्थित लकडाउन विरुद्धको अभियान धरान’ गठन गरेर आन्दोलनमा उत्रिएका हुन् ।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयले ‘कि त गरिखानेलाई गरिखान देउ, विष खान र पासो लगाउन बाध्य नपार’ जस्ता नारा लगाएका थिए । अभियानका संयोजक हरि श्रेष्ठले विगतमा गरिएका लकडाउन पनि विकल्प विना गरिएकाले कुनै उपलब्धीमूलक नभएको बरु उल्टै मजदुर तथा व्यापारी व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘विगतको जस्तो लकडाउन हो भने लकडाउन गर्नुको कुनै औचित्य छैन, लकडाउनको विकल्प खोजिनुपर्छ ।’ उनले विगतमा लकडाउनमा व्यापारीले घरभाडा तिर्न नसकेको, बैंकको ऋणको व्याज तिर्न नसकेको, यातायात व्यवसायीले विहान बेलुका छाक टार्न नै धौ धौ भएको बताए । उनले भने, ‘हामी लकडाउनको विरोधी होइनौं, लकडाउन नै गर्ने हो भने व्यापारीहरुको घरभाडा छुटदेखि लिएर कर छुट हुनुपर्ने, लकडाउन अवधिभर मजदुरको रोजीरोटीको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरुमा स्थानीय सरकारले छुट गर्नुपर्छ, अनिमात्र लकडाउन गर्नुपर्छ ।’

यता यातायात मजदुर विनय पोख्रेलले विगतमा सबै क्षेत्र खुल्ला हुँदा लामो समयसम्म यातायात नखुल्दा मजदुरहरु मारमा परेको बताए । उनले भने, ‘हुनेखानेलाई लकडाउनले केही असर गर्दैन तर हामीजस्ता मजदुरको जीवनयापन गर्न नै कठीन हुन्छ ।’ विगतकै जस्तो लकडाउन हो भने नगर्दा राम्रो हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनले भने, ‘लकडाउन पूर्ण रुपमा हुनुपर्छ, व्यापारी व्यवायीलाई सहुलियत हुने खालका प्याकेज ल्याउनुपर्छ अनि मात्र लकडाउन गर्नुपर्छ ।’ छलफलकै समयमा लकडाउनको विरोध गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने, ‘व्यवस्थित ढंगबाट लकडाउन गर्ने हो भने हामी पूर्ण सहयोग गर्छौ ।’

गत सोमबार लकडाउनको चेनब्रेक गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा जिल्ला सुरक्षा समन्वय समितीको संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लकडाउनको विकल्न खोजिनुपर्ने व्यापारी व्यवासायीले माग गरे पछि बिना निश्कर्ष बैठक सकिएको थियो । पुनः धरान उपमहानगरपालिका सर्वदलिय, सर्वपक्षिय बैठकबाट व्यवपारी व्यवसायीको विरोधको बाबजुद शुक्रबार देखि लकडाउन गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।

लकडाउनको चौतर्फी विरोध भइरहदा धरान उपमहानगरपालिकाले भने बाध्यात्मक परिस्थितिमा लकडाउन गर्नुपरेको बताएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोनोको ग्राफसंगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले बाध्य भएर लकडाउन गर्नुपरेको बताइन् । उनले भनिन, ‘हामीले चाहेर लकडाउन गरेका हैनँौ, सबैको छलफल पश्चात यो निर्णयमा पुगेका हौ, यसमा विरोध भन्दा पनि सहयोग गरेर लकडाउनको पूर्ण पालना गर्नु नै अहिलेको अवस्थामा उचित छ ।’

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved