शिक्षाविद् गोकुल श्रेष्ठको अविश्रान्त यात्रा सार्वजनिक

  • जेठ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मकथामा आधारित ‘अविश्रान्त यात्रा’ पुस्तकको शनिवार विमोचन गरिएको छ ।

धरान ७ सिद्धि नेवाः परिषद्मा आयोजित एक कार्यक्रमका बीच शिक्षाविद् श्रेष्ठद्वरा लिखित अविश्रान्त यात्राको सार्वजनिक गरिएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित धरानका शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले आफ्नै जीवनमा आधारित ‘अविश्रान्त यात्रा’ को विमोचन गरिएको छ । पुस्तकको विमोचन धरानका साहित्यकार, भाषाविद् प्रा.डा. टंक न्यौपानेले गरेका थिए ।

धरानको शिक्षा सदन माविमा प्रअको भूमिका लामो समयसम्म रहनु भएका श्रेष्ठले शिक्षा क्षेत्रमा गरेका सह्रानीय प्रयासहरुलाई कृतिमार्फत समाजमा छोड्ने अभिप्रायले पुस्तक लेखिएको विमोचन कार्यक्रममा प्रष्ट पारे ।

उनले जीवनकालमा भोगेका, दुःख पाएका, जीवनको यात्राका क्रममा आफूले संघर्ष गरेका कथाहरुलाई समावेश गरेर पुस्तक सार्वजनिक गरेको जानकारी गराए ।

सो अवसरमा भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेले सार्वजनि भएको पुस्तकले समाजमा सन्देश प्रवाह गर्ने बताऐ । जीवनको भोगाइमा आधारित यो पुस्तक साँच्चै नै राम्रो, सन्देशमूलक रहेको प्रष्ट्याए ।

पुस्तकको सम्पादन ब्लाष्ट टाइम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले सम्पादन गरेका थिए । जीवनभर संघर्ष गरेका कुराहरुलाई समेटेर पुस्तक तयार पारेकोले भावी पुस्तालाई समेत सन्देश प्रवाहसँगै समाजमा सकारात्मक कुरा प्रवाह गर्न पनि आत्मवृतान्त पुस्तक लेखिएको श्रेष्ठले बताए ।

विमोचन कार्यक्रममा धरानका शिक्षाविद्, साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved