३३औँ स्थापना दिवसमा नेपाल प्रेस युनियन सुनसरीद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

  • जेठ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

इटहरी उपमहानगरपालिका कार्यालय अगाडिबाट सुरु भएको र्‍यालीले विभिन्न चोकहरूको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगारमुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउन आवश्यक रहेको बताए। सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहलको खाँचो औंल्याउँदै उनले मिडिया क्षेत्रमा दिगो विकासका लागि साझा प्रयासको आवश्यकता रहेको उल्लेख गरे।

त्यसैगरी, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरीले विचार फरक भए पनि लक्ष्य एउटै भएकाले सबै सञ्चारकर्मी एकताबद्ध भएर चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका सचिव विनय बाह्राकोटी, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

स्थापना दिवसको अवसरमा सञ्चारकर्मीबीच एकता, सङ्गठनात्मक सुदृढीकरण र व्यावसायिक सुरक्षाका विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved