तराई–मधेसमा श्रद्धापूर्वक बट सावित्री व्रत मनाइँदै

  • जेठ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन्न जिल्लाहरूमा वैवाहिक महिलाहरूले आज बट सावित्री व्रत श्रद्धा र भक्ति भावसहित मनाइरहेका छन्। आफ्ना पतिको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै हिन्दू नारीहरूले यो व्रत विधिपूर्वक सम्पन्न गर्दै आएका छन्।

ज्येष्ठ औंशीका दिन मनाइने यो व्रत विशेषगरी बट (बर) वृक्षको पूजा तथा सावित्री–सत्यवानको धार्मिक कथासँग सम्बन्धित छ। धार्मिक विश्वास अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई यमराजसँग संझौता गर्दै पुनर्जीवन दिलाएको जनविश्वास छ।

व्रतालु महिलाहरूले बिहानै स्नान गरी सादा वा धार्मिक वस्त्र धारण गरी पूजा सामग्रीसहित बटवृक्षमुनि पूजा गर्दछन्। व्रतको क्रममा महिलाहरू निराहार बस्दै डोरी बेरेर रुखको परिक्रमा गर्छन् र सावित्री–सत्यवानको कथा सुन्छन्। पूजा सामग्रीमा जल, फूल, चनाको दाल, मुंग, आँप, लिची, केला, काँक्रोजस्ता वस्तु प्रयोग गरिन्छ।

नवविवाहिता महिलाहरूले विशेषरूपमा आँपको रुखमा जल अर्पण गर्ने, रुखमा तीन पटक धागो बेर्ने, बाँसको पंखा चलाएर रुखलाई शीतल बनाउने तथा रुखको जरामा अंगालो हाल्ने परम्परा छ। साँझपख पूजा सम्पन्न गरेपछि मात्र व्रतालु महिलाले फलाहार गर्ने गर्दछन्।

नेपालका तराई–मधेस क्षेत्र मात्र होइन, भारतका विभिन्न भागमा समेत यो व्रत विधिपूर्वक मनाउने गरिन्छ। बट सावित्री व्रतलाई स्त्री शक्ति, समर्पण र पतिप्रति अटल श्रद्धाको प्रतीकका रूपमा लिइन्छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved