विपद् व्यवस्थापनमा अग्रसर वराहक्षेत्र नगरपालिका, जोखिम न्यूनीकरणमा व्यापक तयारी कोसी कटान नियन्त्रणमा विशेष जोड

  • जेठ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt _संगम बिष्ट

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प्राकृतिक तथा मानवनिर्मित प्रकोपको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले नागरिकको सुरक्षा सुनिश्चित गर्न अग्रसरता देखाएको छ।

सम्भावित विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका लागि नगरपालिकाले सक्रिय कदम चाल्दै व्यापक तयारी थालेको छ।

लगातारको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव तीव्र भएसँगै वराहक्षेत्रको ठूलो भूभाग जोखिममा परे पनि नगरपालिकाले यस चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्दै आएको छ।

बाढी र कटानमात्र नभई, जङ्गली हात्तीको आतङ्क, आगलागी, महामारी र पशु रोगजस्ता विविध समस्या न्यूनीकरणका लागि पनि नगरस्तरमै समन्वयात्मक प्रयास सुरु गरिएको छ।

नगर प्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक रमेश कार्कीका अनुसार, “नगरवासीको जीवन र सम्पत्तिको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो।

त्यसका लागि नगरपालिकाले पूर्वतयारीदेखि दीर्घकालीन रणनीतिसम्म बनाउँदै अघि बढेको छ।”

समन्वयमा आधारित योजनाबद्ध पहल

1748436814261

नगरपालिकाको नेतृत्वमा सम्पन्न नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरू, इलाका प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, उद्योग वाणिज्य संघ, स्वास्थ्य र शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

बैठकमा बाढी, पहिरो, महामारी, डेङ्गु, अफ्रिकन स्वाइन फिभरजस्ता समसामयिक समस्याहरूको व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।

विशेषगरी, पहिलो उद्धार उपकरणको व्यवस्था, सुरक्षित आवासको पूर्व तयारी, आवश्यक राहत सामग्रीको उपलब्धता, तथा जनस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा ठोस निर्णयहरू गरिएका छन्।

वर्षा पूर्वानुमानअनुसार रणनीति बनाउँदै

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नगरपालिकाले पूर्व सूचना प्रणालीलाई टोल–टोलसम्म पुर्‍याउने योजना बनाएको छ।

नगर प्रमुख कार्कीका अनुसार, “हामी सचेतना, पूर्व तयारी र समन्वयका माध्यमबाट जोखिमलाई न्यूनीकरण गर्न सक्नेछौं।”

कोसी कटान नियन्त्रणमा विशेष जोड

नगर प्रमुख कार्कीले कोसी नदीको कटानलाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकार, संघीय सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गरी ठोस योजना अघि सारिएको जानकारी दिए।

वराहक्षेत्र नगरपालिका केवल समस्याको प्रतीक्षा गरेर बस्ने होइन, समस्या आउनुअघि नै सक्रिय तयारी गर्ने गतिशील स्थानीय सरकारको उदाहरण बन्ने दिशामा अघि बढिरहेको छ।

नगरवासीलाई सुरक्षित, सचेत र सशक्त बनाउने अभियानमा यो अग्रसरता एक सकारात्मक अभ्यासको रूपमा प्रस्तुत हुन थालेको छ।

पुल त बन्यो, समस्या ...

धरान/  धरान उपमहानगरपालिका–५ र ६ को सिम ...

धरानकाे सुनाखरी एकेड ...

धरान/  धरान–१२ मा अवस्थित सुनाखरी एकेडे ...

सुनसरीमा प्रहरीको सफ ...

दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित त ...

धरानका मेयर साम्पाङल ...

धरान/ धरान नगरका मेयर हर्क साम्पाङको श्रमशील दृष्टिकोण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved