साँगुरीगढीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • जेठ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -हिराराज राई

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर जेष्ठ १३ गते साँगुरीगढी–२ बुढिमोरङ र जेष्ठ १४ गते साँगुरीगढी–९ स्थित आहाले स्वास्थ्य चौकीमा सम्पन्न भएको हो।

शिविरको क्रममा बुढिमोरङमा ७२० जना र आहालेमा ६१६ जना बिरामीले सेवा लिएका थिए।

नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल र डिजिटल मार्केटिङ शाखाका सुमन राजवंशीका अनुसार शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा प्रदान गरिएको थियो।

शिविरमा बालरोग, स्त्री तथा प्रसूति रोग, जेनेरल मेडिसिन, हाडजोर्नी तथा नशा सम्बन्धी समस्या, दन्तरोग, नाक-कान-घाँटी, मानसिक रोग, शल्यक्रिया परामर्श, रेडियोलोजी, प्रयोगशाला परीक्षण (रगत र पिसाब), मुटुको इ.सी.जी. परीक्षण र आँखाको जाँचसमेत गरिएको थियो।

स्थानीय बासिन्दाहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा यस्तो सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन्।

गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने तयारी गरिएको छ।

IMG-20250528-WA0017 IMG-20250528-WA0011 IMG-20250528-WA0015 IMG-20250528-WA0018 IMG-20250528-WA0012 IMG-20250528-WA0013

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved