धनकुटाको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

  • जेठ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt - हिराराज राई

 धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ स्थित झण्डी डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।

समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यस डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ।

झण्डी डाँडाले पर्यटकलाई मनोरम दृश्यहरू प्रदान गर्नुका साथै वरपर फिँजिएका लालिगुराँसका रुखहरूले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा लालिगुराँस फुल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ।

यस क्षेत्र सुनाखरी फूलका लागि पनि प्रसिद्ध रहँदै आएको छ। यद्यपि पछिल्ला वर्षहरूमा सुनाखरीको सङ्ख्या घट्दै जानुले संरक्षणप्रति चासो बढाएको छ।

हाल साँगुरीगढी गाउँपालिकाले खुवालुङ त्रिवेणी–ध्वजे डाँडा पदमार्ग विकासको कार्य अगाडि बढाएको छ। यस पदमार्गमार्फत झण्डी डाँडासम्म पैदल यात्रा गर्ने पर्यटकले प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिन सक्नेछन्।

गाउँपालिकाले पदमार्ग विकाससँगै सूचना बोर्ड, विश्रामस्थल लगायत संरचनागत सुधारमा समेत प्राथमिकता दिँदै झण्डी डाँडालाई थप व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको जनाएको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यसहित यो क्षेत्रलाई पर्यटकीय नक्सामा स्थापित गर्ने प्रयास भइरहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved