धरान/ सरकारको सिफारीशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ल्याएको राजनितिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार (आज) जारी गरेकी हुन् । एक सञ्चार माध्यम सग कु्रा गर्दै राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले अध्यादेश जारी गरेको पुष्टि गरे ।
राष्ट्रपतिबाट जारी गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
आन्तिरक कचिलोमा फसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभाजन गर्ने उद्देश्यले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरेको भन्दै अध्यादेश जारी भएमा प्रतिवाद गर्ने चेतावनी दिएको थियो ।
नेकपा एमाले विभाजनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने अध्यादेश जारी हुनासाथ दल दर्ता गर्ने तयारी गरेर बसेका छन् ।