Top 4

    Showing 7,791-7,800 of 9,405 items.
  • साना किसानलाई दुध बेच्नै सकस

    बराहक्षेत्र / कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाले अर्थतन्त्रको सम्पूर्ण हिस्सा नै प्रभावित बनेको छ । सबै क्षेत्रमा देखिएको प्रभावबाट कृषि क्षेत्र पनि अछुतो रहेन । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा पनि परेको छ । शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु पनि अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पुर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन् । उत्पादन भएको ५० प्रतिशत दुधको व्यापारमा ह्रास

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,298 पटक पढिएको
    • "संगम बिष्ट"
  • आजको राशिफल २०७८ जेष्ठ ३ गते सोमबार

    मेष = मनमा चिन्ताले सताउन सक्छ । शारीरिक पिडा बढ्न सक्छ । खानपिनमा सजक रहनुहोला । वादविवादले हानि पुर्याउने छ । बृष = साहसिक कार्यको थालनी हुनेछ । आर्थिक उन्नति बढेर जानेछ । संमानजनक कार्यमा अग्रसर भइनेछ । हितैशीसङ्ग भेटघाट बढ्नेछ । मिथुन = अध्ययन क्षेत्र सफल रहेको छ । आकस्मिक धन प्राप्ति हुन सक्नेछ । परिवारमा रमाइलो बढ्नेछ । हौसला बढेर जानेछ । कर्कट = अन्न धन आदिको लाभ हुन सक्नेछ । भोजनमा मन रमाउने छ । कामले संमान दिलाउने छ । कार्यमा उचित सहयोग प्राप्त हुनेछ ।  सिंह = अनावश्यक चिन्ताले सताउन सक्छ । बाधा अड्चनको बीचमा कार्य गर्नुपर्ने छ । स्वास्थमा समस्या आउन सक्छ । विवादमा नफस्नुहोला

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 250 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै

    इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निस्शुल्क परामर्श दिने भएको हो । 'दोस्रो चरणको भेरियन्ट आइकन जिलामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन्' अधिकारीले भने,'यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ' उनका अनु

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,077 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना रोकथाममा सरकार असफलःनेता कोइराला

    विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मी सँग कुरा गर्दै कोइरालाले सत्तारुढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । “कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो, उनले भने, “सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।” उनले कोरोना विरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न स

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यूवा संघद्वारा सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण

    धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई स्वास्थ्यसामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ । यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,345 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा थपिए एक हजार २७ संक्रमित

    विराटनगर \ प्रदेश १ मा आइतबार १ हजार २७ जना कोरोना संक्रमित थपिए सँगै कुल ४४ हजार २ सय २५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८ सय ५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७ सय २१ रहेको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार आइतबार मोरङमा ४ सय ७२, झापामा २ सय २८, सुनसरीमा १ सय २, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा १ सय २२ महिला र १ सय ५५ पुरुष सहित २ सय ७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,410 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्यायाम केन्द्र प्रयोगमा आएन : अनियमितता भएको स्थानीयको आरोप

    बराहक्षेत्र । गत बर्षको जेठ ३० गते निर्माण सम्पन्न भएको व्यायाम केन्द्र हाल सम्म प्रयोगमा आउन सकेको छैन् । वराहक्षेत्र २ स्थित पुनरबासमा निर्माण भएको हलको औपचारिक उद्घाटन भन्ने गत मसिर १२ गते सुनसरी क्षेत्र १ का माननिय सांसद जय कुमार राईले गरेका थिए । शारिरिक व्यायाम हल सासद जय कुमार राईको स्थानीय विकास पूर्वधार साझेदारी कार्यक्रम अन्तर्गत दुई आर्थिक बर्षमा गरेर ३० लाखमा निर्माण भएको हो । दुई आर्थिक बर्षको बजेटबाट निर्माण भएको भवनको बारेमा स्थानीयवासि, स्थानीय राजनीतिक दल र स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी बिनै एक्लौटि रुपमा भवन निर्माण गरेको भन्ने आरोप उपभोक्ता समितिले खेप्नु परेको छ । स

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,070 पटक पढिएको
    • "संगम विष्ट"
  • प्रदेश एकको तिन जिल्ला अति संवेदनशिल : सहजीकरणका लागि राजमार्गमा सेना

    इटहरी । दोश्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर काठमाण्डौ पछि प्रदेश एक दोश्रो जोखिमको रूपमा रहेपछि जारी गरिएको निषेधाज्ञालाइ जेठ १ गतेबाट कडाइका साथ लागु गरिएको छ । प्रदेश एकको तिन वटा जिल्लामा संक्रमण संगै मृत्युदर दोब्बर देखिएपछि सावधानी अपनाउदै तिन वटै जिल्लाका प्रसाशन कार्यालयहरूले निषेधाज्ञालाइ कडाइका साथ पालना गराउन मातहतका सुरक्षाकर्मीहरूलाइ निर्देशन दिएको छ । हालै बसेको प्रदेश एक सुरक्षा समितिले सुनसरी, मोरङ र झापामा कडाइका साथ निषेधाज्ञालाइ पालना गराउने निर्णय गर्दै निर्णयको कार्यान्वयन थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । प्रदेश एक आन्तर

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,768 पटक पढिएको
    • "तेजबहादुर बन"
  • विराटनगरका अस्पतालमा थप १२ संक्रमितको मृत्यु

    विराटनगर । मोरङमा पछिल्लो थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतामला उपचाररत चार महिला र आठ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना ३५ वर्ष र त्यसभन्दा कम उमेरका छन । नोबेल शिक्षक अस्पतामला मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला र सिरहाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । ६

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलायत कांग्रेसमा मनमुटाव

    धरान । पदाधिकारीहरु बिच विवाद बढ्दै गए पछि नेपाली कांग्रेस बेलायतभित्र मनमुटाव शुरु भएको छ । कार्यवाहक सभापति महेश दाहालले सभापति युवराज गुरुङको अनुपस्थितिमा अधिवेशनको मिति तय गरेपछि बेलायत काँग्रेसभित्र मनमुटाव बढेको हो । बेलायत कांग्रेस सभापति नेपालमा कोरोना संक्रमित भई उपचारार्थ रहेको अवस्थामा कार्यवाहक सभापति दाहालले आगामी जुलाईमा अधिवेशन गर्ने जुम मिटिङद्वारा निर्णय गरेर संचार माध्यममा समाचार छापिएपछि बेलायत काँग्रेसभित्र पदाधिकारीबीच नै मनमुटाव बढेको छ । उपसभापति युवराज सिंहले प्रेस विज्ञप्ती प्रकाशित गरी सभापतिको उपस्थिति बिना कार्यवाहक सभापति दाहालले अधिवेशन तोक्नु पार्टी विधान विपरी

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,440 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved