कहाँ गयो रजिष्ट्रारको राजीनामा पत्र !

  • भदौ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ आफ्नो पद बचाउन अनेक जालझेल गर्न पछि नपर्ने धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीको राजीनामा कहाँ पुगेको छ, सबैको चासो बढ्दै गएको छ ।

उनले राजीनामा दिएको केहि दिन अघि समाचारमाध्यममा आए । तर उनले दिएको राजीनामा पत्र भने कही कतै भेटिएन । उनले राजीनामा दिएको आधिकारीता भने कहिकतैबाट पनि पुष्टि हुन सकेको छैन । अहिले उनी आफ्नो विभागमा काम गर्न थाले पनि विभागलाई समेत उनले आधिकारीक पत्र बुझाएका छैनन् । रजिष्टार रेग्मीले राजीनामा दिएको बिषयमा प्रतिष्ठानमा कुनै आधिकारीक पत्र नआएको प्रतिष्ठानका एक अधिकृतले वताए ।

उपकुलपतिको कार्यालयमा समेत रजिष्टारले राजिनामा दिएको कुनै बोधार्थ पत्र आएको छैन् । एक कर्मचारी भन्छन्, ‘उहाँ आफ्नो विभागमा काम गर्न थाल्नु भयो भन्ने सुनेका छौ तर उहाँले राजीनामा दिएको विषयमा औपचारिक रुपमा कहीँवाट जानकारी आएको छैन ।’

रेग्मीले राजिनामाको हल्ला मात्र फिँजाएको आरोप लाग्न थालेको छ । प्रतिष्ठानकै कर्मचारी, शिक्षक तथा चिकित्सकहरुले राजीनामाको हल्ला फिजाएर आफू चोखिने खोजेको आरोप लगाएका छन् । संयुक्त आन्दोलनका एक चिकित्सकले रजिष्ट्रारको राजीनामाको विषयमा कसैले भेउ नै पाउन नसकेको बताए । उनले भने, ‘राजीनामा दिएको हुन् भन्ने कुरा समाचारमा आयो, तर उनको राजीनामा पत्र सम्बन्धित निकायसँग नै छैन, यता राजीनामाको नाटक नदेखाएको हो भने रजिष्ट्रार रेग्मीले मैले राजीनामा दिएको छैन भनेर खण्डन गर्नुपथ्र्यौ त्यो पनि छैन, यसलाई कसरी हेर्ने ?’ उनको प्रश्न छ ।

उनले राजीनामा दिँदा प्रतिष्ठानका सहकुलपति अर्थात नेपाल सरकारका स्वास्थ्यमन्त्रीलाई दिनुपर्ने हुन्छ । राजीनामा दिँदा विभिन्न ठाँउमा उनले त्यसको बोधार्थ समेत दिनुपर्ने प्रावधान छ । अझ उपकुलपतिको कार्यालयलाई उनले राजीनामाको बोधार्थ अनिवार्य रुपमा बुझाउनुपर्ने हुन्छ ।

तर उपकुलपति कार्यालयमा राजीनामा पत्रको बोधार्थ समेत नआएको उपकुलपति कार्यालयका एक कर्मचारीले बताए । उनले भने, ‘जतासुकै रजिष्ट्रार रेग्मीको राजीनामाको कुरा आइरहेको छ, राजीनामा दिएकै हुन् भने त बोधार्थ त कार्यालयमा आउनुपर्ने हो, तर अहिलेसम्म आएकै छैन, कसरी राजीनामा दिए भन्नु, आधार नै छैन ।’

प्रतिष्ठानकै एक विभागिय प्रमुख भन्छन्, ‘रजिष्ट्रार रेग्मी यति धुर्त मान्छे हुन्, आफ्नो पद जोगाउन उनी जे पनि गर्न पनि पछि पर्दैनन्, पछिल्लो समय राजीनामाको नाटक पनि उनको पद जोगाउने अर्को चालबाजी हुन सक्छ ।’ रजिष्ट्रार रेग्मीको राजीनामालाई लिएर प्रतिष्ठानभित्रका कर्मचारी, शिक्षक, कर्मचारी, विद्यार्थी मात्र हैन स्थानीयमा पनि अनेकन शंका उपशंका व्यक्त गर्न थालेका छन् । आफूले गरेको भ्रष्टाचार लुकाउन उनले यस्तो खेल खेलेको हुनसक्ने धरानेको बुझाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा प्रतिष्ठानको मातृशिशु भवनको ५६ करोडको भुक्तानी, फार्मेसी भवनको ४ करोडको भुक्तानी र बषौदेखि फिस्टुला क्याम्पेनमा फर्जी बिल बनाएर रेग्मीले करोडौ अनियमितता गरेको उनी माथि आरोप लागेको छ ।

रजिष्टार निकट एक कर्मचारीको अनुसार रेग्मीलाई अख्तियारले भ्रष्टाचार सम्बन्धी लिखित बयान लिएको थियो । उनले भने, ‘त्यसबेला मेरो विषयवस्तु भन्दा फरक पाटो हो ‘म चिकित्सक हु, मलाई आर्थिक कारोबारको ज्ञान छैन, भन्ने जवाफ दिएका थिए ।’

राजिनामाको विषयमा रेग्मीलाई पटक पटक फोन सम्पर्क गरे पनि उनले कुनै जवाफ दिएनन् । उनले ‘स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीलाई बुझ्नु’ भन्ने आशयको म्यासेज पठाएका थिए । गाइनो विभागकै एक कर्मचारीका अनुसार अहिले उनी विभागमै विताउन थालेका छन् । ती कर्मचारीले उनी रजिष्टार हुने वित्तिकै गाइनो विभागको प्रमुख बनेका डा.पप्पु रिजाललाई हटाएर आफू प्रमुख हुने खेलमा रेग्मी लागेको आरोप समेत लगाए ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved