‘विश्वासको मत लिएर सरकारले स्थायित्व पाउछ’

  • भदौ २०, २०७८
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्वीर

धरान/ मुख्यमन्त्री भीमप्रसाद आचार्यले अहिलेको सरकारले विश्वासको मत लिएर आगामी निर्वाचन समेत गराउने दाबी गरेका छन् । राजनीतिक अस्थिरताले भर्खरै गठन भएको भीम आचार्यको सरकारले स्थिरिता पाउला कि नपाउला भन्ने विषयमा एक नं. प्रदेशका सर्वसाारणको चासो बढिरहेको बेला मुख्यमन्त्री आचार्यले यो सरकारले विश्वासको मत पाउने र यसैले निर्वाचन गराउने दाबी गरेका हुन् ।

धरानको औद्योगिक क्षेत्रमा सञ्चालनमा आएको ब्राइडफिड प्रा.लिको उद्घाटन गर्ने क्रममा उनले अहिलेको सरकार जनताको अपेक्षा बमोजिम बनेको बताउँदै जनताको अपेक्षा अनुसार बनेको सरकारलाई अहिलेका राजनीतिक पार्टीहरुले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संक्रमणको अवस्था तथा अहिलेको राजनीतिक अस्थिरताले देश मुलुक अस्थिरतातर्फ गएकोले राजनीतिक दलले यसलाई मनन गरेर भएपनि आफूलाई विश्वासको मत दिन्छन्, यही सरकारले स्थायित्व पाउँछ ।’
उनले दल विभाजनपछि प्रदेश सरकार समक्ष अहिलेको जटिल अवस्था आएको बताउदै पार्टीभित्रको अन्तरद्वन्द्वलाई पनि मिलाउदै आफू नेतृत्वको सरकारलाई निरन्तता दिने कुरामा दलहरुबीच छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेको सरकार जनताको अपेक्षा बमोजिम बनेको हो, दलहरुले यसलाई आत्मसात गरेर विश्वासको मत दिन्छन् भन्ने मलाई विश्वास छ ।’

उनले छोटो समय र विभिन्न अप्ठ्यारो अवस्थामा बनेको आफ्नो नेतृत्वको सरकार बनेको उल्लेख गदै जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि जनताको प्राथमिकतामा रहेको सुरक्षा, स्वास्थ्य लगायतका कुरामा प्राथमिकताका रुपमा काम गर्ने बताए । उनले भने, ‘अहिले राजनीतिक अस्थिरता र कोरोना कहरका कारण संक्रमणकालीन अवस्था छ, यो सरकारको समयावधि पनि कम छ, जनताले सोचेजस्तो काम यो सरकारले नगर्ला, तर जनताको स्वास्थ्य, सुरक्षामा भने यो सरकारले धेरै काम गर्छ ।’
उनले प्रदेश सरकारले यसरी लगानी गरेर खोलिएका उद्योगको संरक्षणमा नीति बनाएर काम गर्ने उद्योगीहरुलाई आश्वस्त पारेका छन् । उनले भने, ‘प्रदेश सरकारले उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अविलम्बन गरेको छ सोही अनुरुप प्रदेश सरकार यस्ता व्यवसायीलाई सपोर्ट गर्छ ।’

नाफामुखी मात्र नभई गाउँ गाउँका कृषकहरुलाई सहज प्रदान गर्न धरान ८ औद्योगिक क्षेत्रमा खोलिएको उद्योग १७ करोडको लागातमा २० जना व्यवसायीले सञ्चालनमा ल्याएको ब्राइडफिड प्रा.लिका अध्यक्ष एवम् प्रबन्न निर्देशक गोपाल श्रेष्ठल बताए । उनले भने, ‘अहिलेको विषम परिस्थितिमा उद्योगहरु बन्द हुदै गएका छ, यस्तो अवस्थामा पनि हामीले यो उद्योग सञ्चालनमा ल्याएका छौ, प्रदेश सरकार र स्थानीय सरकार धरान उपमहानगरपालिकाले सहयोग गर्छ भन्ने अपेक्षा राखेका छौं ।’ उनले यो उद्योगबाट प्रत्यक्ष रुपमा ५० जना र अप्रत्यक्ष रुपमा दुई भन्दा बढीले रोजगारी पाउने बताए । उनले अहिले पशु चिकित्सक सहित पशु तथा पंक्षीको आहारा उत्पादन गर्ने भएकोले पूर्वका गाउँ गाउँका कृषकले सुविधा भएका महसुष गर्ने बताए ।

यस्तै धरान उपमहानगरपालिकका मेयर तिलक राईले बर्षौ अगाडी स्थापना भएको औद्योगिक क्षेत्रले स्थानीय निकायमा कर नतिरेको बताए । उनले यहाँ धेरै उद्योग भएपनि सञ्चालित उद्योगहरुले सोचेजस्तो प्रगति गर्न नसकेको बताए । उनले भने, ‘प्रिति भल्भ, डेरी, प्लास्टिक फ्याक्ट्री लगायत नाम चलेका केही फ्याक्ट्री बाहेक अरु फ्याक्ट्री राम्ररी सञ्चालन हुन सकेका छैनन्, खाली ठाउँ ओगट्ने काम मात्रै भएको छ ।’

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved