बराहक्षेत्रको बजेट दुरुपयोग

  • भदौ २७, २०७८
  • संगम बिष्ट
alt

बराहक्षेत्र/ सामुदायिक वनको आय आर्जन वृद्धिका लागि बराहक्षेत्र नगरपालिकाले दुई वर्ष अघि ५ लाख रुपैयामा पोखरी निर्माण गरेको थियो । तर पोखरीमा अहिले सम्म एउटा माछाको भुरा पनि हालिएको छैन् । पोखरी खनेर वेवारिसे अवश्थामा छाडिएकाले बजेटको दुरुपयोग भएको स्थानीयको गुनासो छ ।

बराहक्षेत्र नगरपालिकाले सामुदायीक बनको आय आर्जनका लागि आर्थिक वर्ष २०७५÷ ०७६ मा ५ लाख रुपैँया बजेट विनियोजन गरी माछा पोखरी खनिएको थियो । अहिले पोखरी वरीपरी झारपात बढेर भैसीको आहाल जस्तो बनेको छ । पोखरी देख्नेहरुले भ्यागुतो पाल्न की माछा पाल्न पोखरी खनिएको हो भन्ने प्रश्न गर्न थालेका छन् । नगरपालिकाको ५ लाख रुपैया पचाउन मात्र पोखरी खनिए जस्तो गरेको स्थानीयले टिप्पणी गर्न थालेका छन् ।

बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित सप्तकोसी सामुदायिक वनको आम्दानी बढाउन बनक्षेत्रमा माछा पालनका लागि पोखरी खनिएको थियो । पोखरी खनिएको २ वर्ष वितिसक्दा पनि माछाका भुरा नहाल्दा ५ लाख अनुदानको दुरुपयोग भएको हो । सामुदायीक वनको स्वमित्वमा रहेको हातिगौडेमा करिव ५ कट्टा जनिनमा पोखरी खनिएको छ ।
माछा पालन योजना अनुसार नगरपालिकाको अनुदान दिएपछि पोखरी खनिए पनि भुरा लगाउन ढिलो भएको वन उपभोक्ता समितिका उपाध्यक्ष तिलक तामाङ्गले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७५÷०७६ मा नगरको बजेटवाट वन भित्र पोखरी खन्ने योजना बमोजिम पोखरी बनाइएको हो, वन उपभोक्ता समितिको संरक्षण हुने गरि उप–समिति बनाएर पोखरी निर्माण गरि सामुदायिक बनलाइ हस्तान्तरण समेत भइसकेको छ ।’

पोखरीमा भुरा लगाउने प्रकृया अगाडि बढाइसकेको बताउँदै तामाङले १ बर्षदेखि भन्दै आए पनि काम भने हुन नसकेको बताए । नगरपालिकाको रकम बाट माछा पोखरी निर्माण भएको बताएपनि सामुदायिक वन सदस्य रहेकी पोखरी निर्माण समिति कोषाध्यक्ष सन्चुमाया तामाङलाई पोखरी खन्दा लागेको खर्च चित्त नबुझेको बताइन ।

कोषाध्यक्षको अधिकार समेत अरुले नै हस्तक्षेप गरेर पोखरी खन्दाको कागजि प्रकृयामा आफुले दवाब आए पछि हस्ताक्षर गरेको उनको भनाई छ । उनले भनिन् ‘तर पछि काम सकिए पछि निर्माण समितिलाइ नोक्सान भयो भनेर बताउँदा आश्चर्य लागेको छ ।’ २०७५ साल देखि बार्षिक साधारणसभा समेत हुन नसकेको सामुदायीक वनभित्र पिक्नक स्पोटको कामका लागि नेकपा नेता भिम आचार्य पर्यटन मन्त्री हुँदा ९ लाख रकम निकासा गरेका थिए ।

आचार्यले पर्यटन प्रबद्र्धन गर्न निकासा गरेका रकमको लेखाजोखा छैन् । केही बर्षअघि सांसद बिकाश कोष र पर्यटन मन्त्रालयबाट छुटाएको रकम समेत बाट सप्तकोशी पिक्निक स्पट बनाउने तयारी गरिएको थियो । सामुदायीक बनको त्यो योजना र सरकारी रकम कहाँ खर्च भयो कसैले खोजेको पाइन्न । पिक्निक स्पटको भनि बनाएको प्रबेशद्वार, बाटो र २ बटा बिश्रामस्थल गोठाला बस्ने घर बनेको छ ।

जंङ्गलमा भौतिक संरचना निर्माण गरि काम देखाउन खोजिए पनि योजना अधुरो भएकोले जिर्ण अवस्थामा छ । ३ बर्षदेखि साधारण सभा समेत हुन नसकेको वन समितिलाई बजेट भन्ने बार्षिक रुपमा स्थानीय तथा प्रदेश सरकारबाट विभिन्न शिर्षकमा बिनियोजन भने भईरहेको पाईएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved