पाथीभरा जबलिंकद्वारा जागीर खानेको ७ लाखको निःशुल्क बिमा

  • भदौ २०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ पाथीभरा जब लिंकद्वारा जागीर खानेको ७ लाखको निशुल्क बिमा धरान । पाथीभरा जब लिंक इटहरी मार्फत जागिर खानेहरुका लागि कम्पनीले निशुल्क दुर्घटना गरिदिने भएको छ ।

जब लिंक र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौँ बीच दुर्घटना बीमाको सम्झौता भएको छ । जब लिंकको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौता पत्रमा पाथीभरा जब लिंक मार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ ।

बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अंगभंग भएमा बीमाङ्क बापतको ४० प्रतिशत रकम हस्तान्तरण गर्नेगरी सम्झौता भएको अधिकारीले बताए । उनका अनुसार जागिर खान आउने जो कोहीको पनि एक वर्षको बीमा गरिनेछ । पछिल्लो समय बीमाप्रति मानिसको रुचि बढ्दै गएका कारण पनि दुर्घटना बीमा गरिएको उनले बताए ।

इन्स्योरेन्सका सिईओ खत्रीले जब लिंकमार्फत दुर्घटना बीमाको काम गर्न पाउनु आफूहरूका लागि सकारात्मक रहेको बताए । सम्झौता हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख, इटहरी शाखा प्रमुख लगायतको उपस्थिति थियो ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved