स्वास्थ्य चौकी भवनको उद्घाटन

  • भदौ २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं. ११ को आधारभुत स्वास्थ्य चौकी भवनको शनिवार उद्घाटन गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख तिलक राईले सुनौलो मार्गमा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका हुन् । उक्त स्वास्थ्य चौकी भवन दिपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजारको लागतमा निर्माण भएको हो ।

उद्घाटनपश्चात बोल्दै मेयर राईले धरानबासीहरुले सामान्य रोगको उपचारबाट बञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन स्थापना गरिएको बताउनुभयो । मेयर राईले भवनलाई विस्तारै बढाउँदै लगेर प्रसुति गृह लगायत सञ्चालन गरिने बताए । उपमेयर मञ्जु भण्डारीले नगरपालिकाले स्वास्थ्य चौकी भवन बनाईदिएको, कर्मचारी खटाउने बताउँदै यसको संरक्षण गर्ने जिम्मेवारी नागरिकको भएको बताए ।

कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, बरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved