भैरब आङला पुरस्कृत

  • भदौ १८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समाजमा योगदान पु¥याउनेको व्यक्तिको नाममा सम्झना स्वरुप मरणोपरान्त विभिन्न स्मरणयोग्य काम गरिने परम्परा रहदै आएको छ ।

धरान उपमहानगरपालिकाले भने परम्परालाई तोड्दै जिवितै हँुदा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम अग्रज पत्रकार गिरिराज आचार्यको नाममामा सिर्जनशील पत्रकारिता पुरस्कारको २ लाख अक्षय कोष राखिदिएका थिए ।

अक्षयकोषबाट स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार’ बाट विहीबार एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
सुनसरीको पत्रकारिताको जग बसाउने तथा राजनीतिक क्षेत्रमा समेत ठूलो योगदान पु¥याउने अग्रज पत्रकार आचार्यको नाममा उनी जिवितै हुँदा २ लाखको सिर्जनशील पत्रकारिता पुरस्कार कोषको स्थापना गरेर नेपाली काँग्रेसमा आवद्ध पत्रकारको संस्था प्रेस युनियन धरानसँग सहकार्य गरेर पुरस्कार वितरण गरिएको हो ।

रेडियो, टेलिभिजन, अनलाइन मिडिया तथा छापाखानामा लामो समयदेखि पूर्वको पत्रकारितामा योगदान पु¥याउने सञ्चारकर्मी भैरव आङ्लालाई पहिलो पटक गिरिराज आचार्य सिर्जनशिल पत्रकारिता पुरस्कारबाट प्रशंसापत्र सहित २० हजार नगद प्रदान गरिएको हो ।

सञ्चारक्षेत्रलाई महत्वका साथ हेरेको धरान उपमहानगरपालिकाले जीवितै हुँदा समाजमा योगदान पु¥याउनेको नाममा सम्मान स्वरुप यस्तो पुरस्कारको व्यवस्था राखिएको पहिलो भएको दाबी उपमहानगरपालिकाका प्रमुख तिलक राईको छ । उपमहानगरपालिकाको उपनिर्वाचनमा निर्वाचित हुँदा नै सेवा सुविधा नलिने घोषणा गरेका मेयर राईले आफूले पाउने सेवा सुविधा कहाँ कसरी के को प्रयाजनमा खर्च गर्ने भन्ने विषयमा नेपाली काँग्रेसका नेता सुरेशमान श्रेष्ठको नाममा पाँच सदस्यीय समिति बनाएको छ । सोही अनुरुप यो पुरस्कार स्थापना गरिएको मेयर राईले बताए ।

उनले भने, ‘प्रायः जसो समाजमा योगदान पु-याउने व्यक्तिलाई मरणोपरान्त सम्मान दिने चलन छ, तर उपमहानगरपालिकाले यस्तो प्रथा तोड्दै पत्रकारिता र राजीनीतिमा क्षेत्रमा योगदान पु¥याएका गिरिराज आचार्यलाई जिवितै हुँदा उहाको नाममा पत्रकारिता पुरस्कारको स्थापना गरेर सम्मान गरेका हौं ।’

नेपाली काँग्रेसका एक नं. प्रदेशका संसदीय दलका नेता राजीव कोइरालाको उपस्थितिमा पत्रकार आङ्लालाई पुरस्कार वितरण गर्दा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा जीवितै हुँदा गरिएको सम्झनाको पाठ अन्य स्थानीय सरकारले समेत गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरान उपमहानगरपालिकाले गरेको यो कार्य सह्रानीय र सम्झनयोग्य भएको बताए । उनले भने, ‘समाजमा योगदान पु¥याउनेलाई मरणोपरान्त मात्र सम्झने परम्परा छ तर धरान उपमहानगरपालिकाले यो परम्परा तोडेको छ ।’

त्यसो त लामो समयदेखि राजनीति र पत्रकारितालाई सँगै लिएर जानु भएका अग्रज पत्रकार गिरिराज आचार्य कार्यक्रममा भावविहल बनेका थिए । उपमहानगरपालिकाले आफ्नो मूल्यांकन गरेर पत्रकारिता कोष स्थापना गरिदिएकोमा उनले धन्यवाद समेत दिए । उनले भने, ‘आज म धेरै खुशी छु, नगरपालिकाले मलाई यत्रो सम्मान गरेको छ, यो सम्मान मलाई होइन, मेरो योगदानलाई गरेको म सम्झन्छु ।

२०२८ सालदेखि निरन्तर राजनीति र पत्रकारितालाईसंगै लिएर हिडेका उनले नेपाल पत्रकार महासंघ सुनसरीको संस्थापक अध्यक्ष हुन् । आफ्नो कार्यकालमा पटक पटक जेलनेल समेत भोगिसकेका उनले अहिले पनि पूर्वकै सबैभन्दा पुरानो पूर्व टाइम्स साप्ताहिक सञ्चालन गर्दै आइरहेका छन ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved