चतरा । समुदायमा कोरोना संक्रमण फैलिदै गए पछि वराहक्षेत्र नगरपालिकाका कर्मचारीहरुको स्वाब परिक्षण गरिएको छ । पहिलो चरणको स्वाब परिक्षणमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र मा गरिएको समुदाय स्तरिय कोरोना परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहेताका अनुसार ९७ जनाको पि सि आर गरिएकोमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाकी रहेको उनले बताए । समुदाय स्तरमा गरिएको स्वाब परिक्षण नगरपालिकाकै नगर अस्पतालमा गरिएको थियो ।
धनकुटा, २३ साउन / उच्च अदालत विराटनगर धनकुटा इजलासले अघिल्लो वर्षको तुलनामा गत वर्ष कम मुद्दा फछ्र्यौट भएको जनाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ७५ दशमलव ५९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । उच्च अदालतले अघिल्लो वर्ष ८१ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको थियो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ८८ थान, नयाँ दर्ता भएका २ सय ७ थान गरी २ सय ९५ मध्ये जिम्मेवारी मध्येबाट ८५ थान, नयाँ दर्ता मध्येबाट १ सय ३८ थान सहित २ सय २३ थान मुद्दा फछ्र्यौट भएको मुख्य न्यायधिश नीता गौतम दिक्षितले बताईन् । निवेदन, प्रतिवेदन तर्फको लक्ष्य र प्रगति भने निवेदनतर्फ जिम्मेवारी
विराटनगर । स्थानीय रुपमा विराट अस्पताल (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र तरकारी व्यापारी, पान पसले, होटल संचालक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । परीक्षणको दर बढ्दै जाँदा संक्रमणको क्षेत्रसमेत फराकिलो बन्दै गएको देखिन्छ । विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २०० कट्न लागेको छ । संक्रमणको बढ्दो ग्राफले ‘प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको तीब्रतर फैलावट कसरी हुन पुग्यो ?’ भन्ने आम र
सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।
धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।
इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देख
राजधानीमा मात्र होइन, प्रदेश १ मा पनि कतिपय स्थानमा कोरोना सङ्क्रमण समुदाय स्तरमै पुग्ने जोखिम बढ्न थालेको छ । यही जोखिमलाई ध्यानमा राखेर प्रदेश १ का कतिपय स्थानीय तहले अल्पकालीन बन्दाबन्दी (लकडाउन) को घोषणा गरेका छन् । सङ्घीय सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि देशका विभिन्न भागमा सङ्क्रमणको जोखिम बढ्न थालेको हो । यसले समाजलाई फेरि एकपटक आतङ्कित बनाएको छ । बिहीबार मात्र प्रदेश १ मा ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार ५१ पुरूष र १५ जना महिलामा सङ्क्रमण देखिएको प्रदेश सामाजिकविकास मन्त्रालयले जनाएको हो । यी सङ्क्रमित ६६ जनामध्ये मोरङमा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ
इलाम । इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना देखिएपछि त्रास बढेको छ । गएको साउन ६ गते जिल्ला समन्वय समिति इलामको क्वारेन्टाइनमा खटेका एक जना सशस्त्रमा कोरोना देखिएको थियो भने हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएको हो । गएको ६ गते क्वारेन्टाइनमा खटेका सशस्त्रसहित एक जनामा कोरोना देखिएकोमा त्यसको चार दिनपछि छ जनामा सुरक्षाकर्मीमा कोरोना देखियो भने त्यसको पाँचौ दिनमा अन्य पाँच जनामा कोरोना पुष्टि भयो
इटहरी / इटहरीमानवारुणयन्त्र चालकलाइ पनि काेराेना पुस्टी इटहरी । इटहरीमा एक पछि अर्को कर्मचारीहरूमा कोरोना संक्रमण हुने क्रम बढदै गएको छ । बिहीबार प्राप्त रिपोर्ट अनुसार इटहरी उपमहानगरको वारूणयन्त्र चालकलाइ पनि कोरोना पोजेटिभ देखिएपछि संक्रमण हुनेहरूको संख्या बढदै गएको पाइएको हो । यो संगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । बिहीबार आएको रिपोर्ट अनुसार इटहरी ५ का २७ वर्षिय युवक र वारूण यन्त्र चालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख राम चरण चौधरीले बताए ।
इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो । यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ । १५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प