Top 4

    Showing 7,761-7,770 of 9,405 items.
  • सवारी दुर्घटना गरि फरार मोटरसाइकल चालक पक्राउ

    धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ ।   गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो ।   शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,111 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणीको आरोपमा धरानबाट एकजना पक्राउ

    धरान।  जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आर्थिक कार्यविधि ऐन संशोधन गरेर पूर्व बजेट छलफल

    विराटनगर । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको छ । प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेश गरेको र ऐन संशोधन गरी १५ दिन अगावै पूर्व बजेट छलफल गराउने पर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाईने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन । उनले भने,“रेगुलर बैठकलाई लामो गर्न नसक्ने भएकोले । पाँच दिन अगावै छलफल सक्ने गरी अध्यादेश मार्फत गर्ने निर्णय भएको छ ।&rdquo

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै कोसी अस्पतालमा विरोध प्रदर्शन

    विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,676 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन अवधिमा इटहरीमा २५ अपराध

    इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज ३५ दिन पुरा भएको छ । यस अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको छ । बैशाख १७ गते यता प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ती करणी ४ वटा दर्ता भएका छन् । घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ । त्यसैगरी अभद्र ब्यवहार सम्बन्धी ३ वटा घट

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 905 पटक पढिएको
    • "तेजबहादुर बन"
  • करिब डेढ अर्बको बजेट बनाउँदै धरान

    धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था रहेकाले राजस्व परामर्श समितीले बजेटको तयारी गरिसकेको छ । समितीकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एक दम न्युन रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताईन् । उनका अनुसार चालु वर्ष ५४ करोडको

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,130 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी गाऊपालिकाबाट लागूऔषध सहित १ जना पक्राउ

    सुनसरी । सुनसरी कोशी गाऊपालिका ३ नहर चोकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५ सय २ नाईट्रोसन २ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २सय ८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको एसइई परीक्षा नहुने

    धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशीफल २०७८ साल जेष्ठ १८ गते मंगलबार

    मेष . कार्यमा हौंसला बढेर जानेछ । आर्थिक लाभको वृद्धि हुनेछ । खानपानमा मन रमाउनेछ । स्वागत सत्कारमा समय व्यतीत हुनेछ । बृष . कार्यमा सहयोग प्राप्त हुनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । कामबाट सम्मानित हुने सम्भावना छ । मनमा उत्साह बढेर जानेछ । मिथुन . राजनीतिक क्षेत्रमा उतारचढाव बढ्नेछ । आर्थिक संकटले पिरोल्नेछ । व्यवसायमा हानि हुन सक्नेछ । वैदेशिक यात्रा हुनसक्छ कर्कट . अनावश्यक आलोचना हुन सक्नेछ । फजुल खर्चमा सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ। मनमा त्रास उत्पन्न हुनेछ । सिंह . आकस्मिक लाभ हुनेछ । खानपानमा मन आनन्दित हुनेछ । कामहरु सफल भएर जानेछन् । सहयोगीहरु प्रशस्त मिल्नेछन् ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 1,141 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको यातायात कार्यालय अन्यत्रै सारिदै , घरबेटिले कुरा फेरेपछि बिवाद

    इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण ठाउ साघुरिएको र अन्य बिविध कारण बनाइ निष्कर्ष सहित सुनसरीको इटहरी आपगाछिस्थित यातायात ब्यवस्था कार्यालय सवारी लाइसेन्सको कार्यालय अन्यत्रै फराकिलो ठाउमा सारिने भएको छ । उक्त कार्यालयले हालै सुचना जारी गर्दै आगामि १५ दिन भित्र घर खालि गरी अन्यत्रै सारिने जानकारी गराएको हो । कार्यालयले घर भाडामा लिने सम्बन्धि सुचना जारी गरेर फराकिलो ठाउ खोजि गरेपछि हाल रहदै आएको घरका मालिक दिनेश भट्टराइले बिवाद झिक्ने प्रयत्न गरेका छन । यस अघि उनैले आफ्नो जग्गाबाट भौतिक संरचना हटाइ घर खालि गराइदिन यातायात कार्यालयलाय निवेदन दिएका थिए । यातायात कार्यालय अन्यत्रै सारिने भ

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 2,189 पटक पढिएको
    • "तेजबहादुर बन "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved