दशै नजिकिए पछि खसी बोकाको कारोबार बढ्यो

  • असोज १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणका कारण दोस्रो चरणको लकडाउनमा बन्द भएको धरान स्थित कृषि उपज बजार स्थलको पशु बजार शुक्रबारबाट खुल्ला गरिएको छ । संक्रमणको जोखिम कायमै रहे पनि दशै तिहार नजिकिदै गएपछि सर्वपक्षीय छलफलबाट कृषि बजारको पशु बजार खुल्ला गरिएको हो ।

खुल्ला गरिएकै दिन कृषि बजारमा खसी बोकाको कारोबार उल्लेख्य रुपमा भएको छ । दशैको खर्च जोहो गर्ने कृषकहरुले बजार खुल्ला भएको थाहा पाए लगत्तै कोशी पहाडी जिल्लाबाट कृषकहरुले खसी बोका विक्रीका लागि बजार ल्याएका थिए । बजारमा भारतीय व्यापारीहरु आएका थिए ।

पूर्वी पहाडी क्षेत्र तथा सुनसरी र मोरङका कृषकहरुले खसी बोका विक्रीका लागि कृषि बजार नै ल्याउने गरेका छन् । लामो समयदेखि भएको बन्दका कारण दशैलाई लक्षित गरेर पालिएका खसी बोका विक्री नहुने र चाडपर्व मनाउन नपाएला भन्ने त्रास उनीहरुमा थियो । तर बजार खुलेसँगै उनीहरु उत्साहित बनेका छन् ।

धनकुटा डाँडाबजारकी विमला राई भन्छिन्, ‘कोरोनाकै कारण यस पटकको दशै खल्लो हुने हो कि भन्ने डर थियो, तर अब भने ढुक्क छु, यही खसी बोका पालेर दशै मनाउने विचार थियो, त्यो पूरा भयो ।’ उनले ५ वटा खसी बोका विक्री गर्दा करिब १ लाख रुपैया हातमा समाइन् । मेहनत गरेर चाडपर्वलाई लक्षित गरी पालिएको खसीबोका विक्री गर्न नपाएको भए दशै पनि राम्ररी मनाउन नपाइने उनी सुनाउँछिन् ।

यता व्यापारी पनि दशैका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी भएका छन् । झापा चन्द्रगढीका चन्द्र खड्काले कृषि बजारको पशु बजार खुल्यो नत्र दशै मनाउन नपाईला जस्तो लागेको बताए ।

धरान १३ कृषि उपज बजारका अनुसार बजार खुल्ला भएको पहिलो शुक्रबार नै खसीबोकाको उल्लेख्य कारोबार भएको जनाएको छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको पहिलो शुक्रबार नै १ करोड ६५ लाख बराबरको १५ हजार ७ वटा खसीबोकाको कारोबार भएको बताए । उनले यो शुक्रबार जिउँदो खसी प्रतिकेजी ५ सय ५० रुपैया प्रतिकेजी विक्री भएको बताए ।

अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने यो बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । उनले भने, ‘विगतको बर्ष जस्तै यो बर्ष पनि कोरोनाकै कारण खसीबोकाको कारोवार प्रभावित बन्ने हो भन्ने डर थियो, तर कोरोना जोखिम केही सहज भएपछि हामीले पशु बजार खोलेका हौ, यो बजार खुलेपछि कृषक तथा व्यापारी सबैभन्दा बढी लाभान्वित भए ।’

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved