इलाममा महङ्गीयो उपभोग्य वस्तुको मूल्य

  • असोज १४, २०७८
  • "भगीरथ भण्डारी"
alt तस्वीर साभार गुगल

इलाम । दशै, तिहार, छट लगायत पर्वहरु नजिकिदै गएपछि इलाम बजारमा उपभोग्य सामानको मुल्य महङ्गीएको छ ।

बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य महङ्गीन थालेको हो । नियमित बजार अनुगमन नहुँदा बजार महङ्गीन थालेको हो । पहिले बजारको नियमीत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ ।

अहिले बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको रुपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रुपमा बजार अनुगमन भएको छैन । नियमित रुपमा बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम बढेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनको लागि समन्वय गर्न पत्रचार गरेकाले चाडै अनुगमन शुरु हुने बताएका छन । ‘प्रजिअ खड्काका अनुसार हामी चाडै इलामका बजारको अनुगमन शुरु गर्छौ, उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौ ।’ उपभोक्ता हक हित संरक्षण ऐन विपरित गर्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने बताए । जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा विक्री गर्ने बस्तुको लेवल र मुल्य, मुल्य सूचि, नियमनकारी निकायमा हुने पर्ने दर्ता नविकरण, पान भ्याट दर्ता, भण्डारण लगायतका विषयमा अनुगमन गर्ने छ ।

यता बढी सवारी भाडा असुलेको विषयमा जनगुनासो आएपनि चेकजाँचको क्रममा भने यात्रु नै तिरेको भाडा भन्नै नचाहाने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ्ग बताउँछन् । ‘प्रहरीले चेकजाँच गर्दा यात्रुुले तिरको भाडा रकम खुलाउँदैनन, त्यसैले हामीलाई कार्वाही गर्न समस्या छ’। बढि भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कार्वाही गर्छौ ।’ पछिल्लो साता मात्रै यात्रुसंग बढि भाडा असुल्ने सातवटा सवारी कार्वाहीमा परेको उनले जानकारी दिए ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved