पारिवारिक सुरक्षा माथि चुनौती

  • आश्विन १२, २०७८
  • कुमार लुइँटेल
alt

विराटनगर\ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो । योजनागत रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीलाई मुख्य योजनाकार सहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो ।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । पछि छिमेकी ४७ वर्षीय खड्गबहादुर कार्की पक्राउ परे । मुख्य योजनाकार खड्गबहादुर २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीले कर्तव्य गरी हत्या गरेको प्रहरीको निश्कर्ष छ । उनीहरु सबै मृतकका आफन्तहरु हुन ।

लोकबहादुरको घरमा मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत बसेर हत्या योजना बनाएको प्रहरी अनुसन्धाबाट खुल्न अएको छ । मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आएका बेला पहिले उनलाई र त्यसपछि परिवारका अन्य सदस्यको हत्या भएको प्रहरीको भनाई छ । पारिवारि रिसिईवी र इखका कारण घटना गराइएको प्रहरीको निश्कर्ष छ ।

गत फागुनमा झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राईले मादक पदार्थ सेवन गरी श्रीमती ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको हत्या गरे । उनी पुर्पक्षमा छन् ।

सुनसरीको धरान ८ मा गत चैत १२ मा ३१ वर्षीया सम्झाना राईको हत्या भयो । यो घटनामा पनि श्रीमानकै संलग्नता देखियो । ३७ बर्षीय तिलबहादुरले सम्झनालाई खुकुरी प्रहार गरेका थिए । सामान्य विवादमै परिवारकै सदस्यको हत्यासम्मका गर्ने र जघन्य अपराधका घटना १ नं प्रदेशमा बढेको तथ्यांकले देखाएको छ ।
यो वर्ष प्रदेश १ को १४ जिल्लामा १ हजार २ सय २५ वटा सामाजिक अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् । अपराधका घटनाको अध्ययनले एउटा डरलाग्दो तथ्य उजागर गरेको छ । त्यो हो–जघन्य अपराध मानिने हत्या घटनामा आफन्तकै संलग्नता बढी हुन ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म अपराध सम्बन्धी ६ हजार ८ सय ७६ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये सामाजिक अपराधका घटना अधिक थिए । सामाजिक विकृतिबाट सृजित अपराध बढ्दा मानिस परिवारमै असुरक्षित हुन थालेको इन्सेकका प्रदेश प्रमुख सोमराज थापा बताउँछन् । उनले भने, “रिस, आवेग र आर्थिक प्रलोभलनका कारण पनि पारिवारिक अपराधका घटना बढेको पाइन्छ ।” उनले सामाजिक रुपमा नै यस्ता घटना हुन नदिन नागरिकको दायित्व उत्तिकै रहेको सुनाए । प्रतिशोध घरेलु हिंसाका घटना र हत्या बढाउनुमा पहिलो कारण बन्दै जानु चिन्ताको विषय भएको थापाले बताए ।

मादी घटना पनि पारिवारिक रिस र इखका कारण भएको प्रदेश नं १ प्रहरी कार्यालयमा प्रमुख डिआईजी अरुणकुमार बीसी बताउँछन् । घटनाका संलग्न पक्राउ परेपछि चैनपुरमा गरिएको पत्रकार सम्मेलन बीसीले पारिवारिक रिसिइवी पनि घटनाको एक कारण भएको बताउँदै भने,“यो जघन्य अपराधमा संलग्नको पहिचान गरी अपराधीसम्म पुग्न प्रहरीलाई ठूलो सफलता मिलेको छ ।”

सामाजिक मनोविमर्शकर्ता तथा सामाजिक अभियन्ता मंजिता उपाध्याय जीवनशैलीमा आएको परिवर्तनले प्रविधिको दुरुपयोग बढ्दै जाँदा अपराध पनि त्यही ढंगले बढ्न थालेको बताउँछिन् । भन्छिन्, “मानिस परिवारमै बढी सुरक्षित महसुस गर्दछ तर आफन्तहरु नै अपराधमा संलग्न हुनुले पारिवारिक सुरक्षा र संरचना माथि पनि चुनौती थपिन थालेको छ ।” परिवारकै सदस्यबाट हुने अपराध आधुनिक समाजका लागि टाउको दुखाईको विषय भएको सुनाइन ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved