५५ प्रतिशतले घटे पर्यटक

  • आश्विन १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt भेडेटार घुम्दै अन्तरीक पर्यटकहरु : फाईल फोटो

धरान । कोरोना संक्रमण शुरु भए सँगै ठप्प रहेको पर्यटन व्यवसायलाई डेढ वर्ष यता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ ।
कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ ।

सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ । यस्तै, आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ । यो ५४ प्रतिशतले फरक हो । खर्च पनि कोभिड अघि ७ करोड १६ लाख २७ हजार हुदै आएकोमा कोभिड पछि ३ करोड ३७ लाखमा सिमित भएको छ । अध्ययनको निष्कर्ष अनुसार धरानको पर्यटन गतिविधि ५२ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको पाइएको छ भन् २१ प्रतिशतले रोजगारी गुमाएका छन् ।

धरानको पर्यटन व्यवसायीमा १ अर्ब ३१ करोड लगानी गरेको अध्ययनबाट देखिएको छ । यातायात क्षेत्रमा भने ४ अर्ब ५० करोड रुपैया लगानी गरेको देखिएको छ । धरानका ८० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन् । सरकारी निकायबाट छुटको व्यवस्था दिइएको भएपनि ९० प्रतिशत व्यवसायीले छुट नपाएको पनि अध्ययनबाट देखिएको छ ।

धरानको पर्यटन बजारमा पहिलो नम्बरमा आन्तरिक, दोस्रो नम्बरमा भारतको विहार, तेस्रोमा वंगाल र चौथोमा मात्र तेस्रो मुलुक वा विदेशी पर्यटकहरु आउने गरेको तथ्यांक पनि अध्ययनबाट खुलेको छ । विश्व पर्यटन दिवसको अवसरमा मंगलबार संघले आयोजना गरेको कार्यशाला गोष्ठीमा बास्तोलाले अध्ययनको निष्कर्ष तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अध्ययनले धरानलाई पर्यटकीय नगरीको रुपमा तोक्नुपर्ने सुझाव दिएको छ ।

धरानमा २४ घण्टा पर्यटकीय सेवा (नाइट मार्केट) सञ्चालन गर्न पनि अध्ययनको सुझावमा उल्लेख छ । यसैगरि, पर्यटन प्रोडक्ट निक्यौल गर्न, पर्यटकहरुलाई अलमलाउने पुर्वाधारहरु बढी मात्रामा विकास गर्न, पर्यटन बजारमा विविधता ल्याउन पनि सुझाव दिएको छ ।

यसैगरि, धार्मिकस्थलको महत्व सबैसम्म पुर्याउन भुमिका खेल्न, पर्यटकहरुलाई सुरक्षाको अनुभूति गराउन पहल गर्न, नीति तथा कार्यक्रम बनाउदा निजी क्षेत्रको भावना समेट्न पनि सुझाव दिएको छ । साथै, धरानमा साहसिक पर्यटनको सम्भावना भएकोले यसको सम्बोधन गर्न पनि जरुरी रहेको अध्ययनले औल्याएको छ ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved