बराहका संस्थापकको जन्मदिनमा रक्तदान

  • असोज १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वर्षेनी स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको धरान स्थित बराह ग्रुपले संस्थापक अध्यक्ष तथा परिकल्पनाकार स्व. इन्द्र लामिछानेको जन्म दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रुपले वर्षेनी भदौ ५ गते संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको थियो । तर पछिल्लो कोरोना संक्रमणको जोखिमका कारण दुई वर्ष कार्यक्रम गर्न सकेको थिएन् । यस वर्ष पनि भदौ ५ गते जोखिमनै रहेकाले बुधबार असोज १४ गते संस्थापक अध्यक्ष स्व. विश्वकर्माको जन्मदिवसको अवसर पारेर रक्तदान गरेको हो । यस अवसरमा बराहले प्रत्येक महिना रक्तदान कार्यक्रम संचालन गर्ने जनाएको छ ।

धरानलाई रक्तदाताको शहर भनेर चिनाउन बराहले महत्वपुर्ण भुमिका खेलेको छ । प्रदेश एकमै सबै भन्दा धेरै रगत संकलन गर्ने संस्थाको रुपमा पनि परिचित छ । धरानको पहिचानलाई कायमै राख्न प्रत्येक महिना रक्तदान कार्यक्रम आयोजना गरिने ग्रुपका अध्यक्ष शिव लामिछानेले बताए । ग्रुप अन्तर्गतका २५ वटै शाखाहरुमा एकै दिन रक्तदान कार्यक्रम गरिनेछ ।

बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ४ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा धरान ८ स्थित बराह गु्रपको नयाँ कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

संक्रमण्ले आयोजना गरेको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत सङ्कलन भएको छ । बराह ग्रुपका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष इन्द्र लामिछाने बिश्वकर्माको ६४ औ जन्म दिवसको अवसरमा रक्तदान कार्यक्रको आयोजना गरिएको हो । रक्तदानमा बराहकै कर्मचारी, ग्राहक, स्थानीयले रगत दान गरेका थिए ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

एसईई आइडलको पाँचौँ स ...

धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार ...

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved