जन्मदै मलद्वार विहीन : आर्थिक अभावले चार बर्षदेखि रोग पाल्न बाध्य

  • असोज १२, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली/ जन्मदै देखि मलद्वार टालिएका देवराज मंण्डलका ४ वर्षिय छोराको आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन् । रंगेली नगरपालिका ३ स्थित भलुवा झोडामा विगत दश बर्ष देखि सुकुम्बासी जग्गामा बस्दै आएका मंण्डलका ४ बर्षका छोरा जन्मदै देखि मलद्वार टालिएको अवश्थामा छ । मलद्वार टालिएको अवस्थामा जन्म भए पछि अहिले सम्म आर्थिक अभावका कारण शल्यक्रिया हुन नसक्दा अहिले पेटको साईडमा प्वाल पारेर मलद्वार जाने ठाउँ बनाइएको छ । उनी अहिले जीवन र मरणको अवस्थामा छन् ।

आर्थिक अभावले परिवारनै पाल्न धौं धौं रहेको देवराजको परिवारमा उनको श्रीमती, ३ छोरी छन् । आर्थिक अभावकै कारण उनको तीनवटा छोरीहरुलाई पठनपाठनका लागि कापी कलमनै किन्न नसक्दा विद्यालय जान समेत पाएका छैनन् ।

Capture-2021-09-27-11.10.42

आर्थिक समस्याका कारण छोरीहरु समेत बिद्यालय जान नमान्ने गरेको आमा पिङ्किदेविले बताईन । अहिले छोराको उपचारका लागि जनमजदुरी गरेर थोरै रकम जम्मा गरेर उपचार गर्न पनि समस्या भएको उनले बताईन् । अहिले घर खर्च समेत चलाउन हम्मेहम्मे परेको अवश्थामै उपचारका लागि टिचिङ अस्पताल काठमाडौमा ४ लाख रुपैयाँ खर्च गरिसकेका छन् । उपचार गरे पनि कुनै सुधार नआएको बरु ऋण मात्रै बढेको उनले बताईन । छोराको उपचारका लागि जीवन बिकासबाट २ लाख ५० हजार रुपैयाँ, फरवार्ड बैकबाट १ लाख र गाउँ घरमा १ लाख ऋणमा परेका छन् । अहिले ऋण समेत तिर्न अवस्था नरहेको पिंकीले बताईन । बैकबाट हप्तामा ७ हजार रुपैयाँ व्याज बुझाउनुपर्ने हुन्छ । दुई छाक टार्ने समेत समस्या परिरहेको अवश्थामा छोराको उपचारका लागि पैसा नहुँदा अझै चिन्ता बढेको उनले बताईन ।

रंगेली नगरपालिकाले सहयोगका लागि भन्दै ५ हजार रुपैया, बडा कार्यालय ३ का वडा अध्यक्ष जितनारायण खवासले सहयोगका लागि सिफारिस बनाइदिएका छन् । उनले भने ‘३ लाख रुपैयाँ संकलन गर्नका लागि कुन गाउँ र कुन सहर पुग्नुपर्ने थाहा छैन् ।’ डाक्टरको सल्लाह अनुसार एनल स्टेनोसिस गरिएको ठाउँमा दैनिकी ३ देखि ४ पटक सम्म सर्जिकल पंजा लगाएर घाउ सफा गर्नुपर्ने हुन्छ । आर्थिक अभावकै कारण सर्जिकल पंजा समेत किन्न पैसा नहुँर्दा १० दिनमा एक पल्ट मात्रै सफाइ गर्ने गरेको देवराजले बताए ।

 

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved