“आत्थु कस्तो पोल्यो,यो के चिज हो ?" आफ्नो हात झम्झमाउन थालेपछि हरिले बाटोमा भेटिएको बटुवालाई सोध्यो। “सिस्नु" भन्ने जवाफ सुनेपछि उसले मनमनै सोच्यो,बुवाले प्रेसरको दबाई भन्दै बेलाबेला महगो मुल्यमा किन्ने गरेको धुलोको बोट यता पाखैभरि यस्तो बेवारिस।यसलाई संकलन गरि हाम्रो बुवाले किन्ने गरेको जस्तै धुलो बनाउन पाए ! शहरमा जन्मेको उतै हुर्के पढेको हरि केहि दिनको लागी भनेर बुवाले पहिल्यै छोडेको गाउंको थातथलो घुमफिर गर्न जांदैथियो। गाउं पुगिसकेपछि उसलाई त्यहांको हरेक कुराले लोभ्यायो।त्यतिकै खेर गइरहेको जडिबुटी,फलफूल आदि।उता शहरमा डेराको बसाई सदाको कोलाहल,यता गाउंमा स्वच्छ हावापानी शान्त बा
मोरङ । मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । सोमबार विहान साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।
सुनसरी । कोरोनाको महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि वैकल्पिक माध्यमबाट शुरु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक माध्यमबाट असार १ गते देखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन समेत दिएका छन् । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेख
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति हटाएर प्रतिष्ठानलाई सबल बनाउने लक्ष्यका साथ धरानका नागरिक अगुवा र राजनीतिक दलहरूले समिति बनाएको समाचार आएको छ । प्रतिष्ठानको सुधारका लागि धराने नागरिक र दलहरू क्रियाशील हुनु सकारात्मक विषय हो । प्रतिष्ठानका कमी–कमजोरीहरूमा सुधार गर्ने उद्देश्यले नागरिक समाज र दलहरू सङ्गठित भएको यो पहिलो अवसर भने होइन । यसअगि पनि यही उद्देश्यका साथ विभिन्न समयमा विभिन्न समितिहरू बने, सुधारका लागि पहल पनि भए तर ती प्रयासहरू परिणाममुखी हुन सकेनन् । अहिले फेरि नयाँ सक्रियता देखिएको छ । यो प्रशंसनीय छ । वीपी प्रतिष्ठान देशकै उत्कृष
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन्। समर्थन फिर्ता भएपनि नेकपा एमालेको एकल बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई संकट छैन ।माओवादीले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । केन्द्रीय नीति अनुसार नै प्रवेशमा पनि निर्णय भएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलको कार्यालयले जनाएको छ ।
विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका
अलिखित इतिहासको एउटा खण्डबाटअप्राकृतिक रूपमाफुत्त निस्किएको पागल घोडाकुदिरहेछ जथाभावीसभ्यताका बारहरू भत्काउँदैघामका किरणहरूलाई कुल्चँदैपाखाभरि राताम्मे फुलेकालालीगुराँसका नीला भावनाहरूमाथिनिर्मम टापहरू बजार्दैबेलगाम कुदिरहेको पागल घोडासमयको वेगलाई पल्टाउनेहास्यास्पद प्रयासमाअघिल्ला खुट्टाहरू उफारेर वीभत्स हिन्हिनाइरहेछयति बेला जोखिममा परेको छ गुराँसको अस्तित्वशताब्दीयौँदेखिआँधी र असिनालाई झेल्दै आएका गुराँसहरूअस्तित्व रक्षाका निम्ति अन्तिमपटकज्यानको बाजी थापेरउभिएका छन् पागल घोडाविरुद्धशिशिरका अन्तिम प्रहरहरूगालामा चीसो थप्पड हिर्काएर चिप्लिरहेका छन्पागल घोडाको वेगसँगै हुर्रिएरपहेँला पातहरू उड
विराटनगर । लगातारको निषेधाज्ञाले गर्दा समस्यामा परेका विराटनगरका विपन्न परिवारलाई फुडबैंक संचालन गरी खाद्यान्न वितरण गर्न थालिएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई शिखर अर्गनाइजेसनले विराटनगर ५ बरगाछी चौकमा फुड बैंक संचालन गरी आइतबारबाट खाद्यान्न वितरण गर्न शुरु गरेको हो । दैनिक दुई सय जनलाई खाद्यान्न वितरण गर्ने योजनासाथ शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लिका म्यानेजर सीताराम बर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारासहित फुड बैंक सञ्चालन गरेको हो । सता दिनसम्म बिहान ७ बजेदेखि १० बजेसम्म एक जनालाई दुई किलो चामल, आधा किलो दाल
विराटनगर । मोरङको विराटनगरमा अवस्थित बाल सुधार गृहमा रहेका बालकमा कोरोनाको संक्रमण पाइएको छ । गृहमा ५० जना बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अधारमा अन्यको समेत पीसीआर परीक्षण भएको थियो । कोरोना देखिएका बालकलाई महानगरको आईसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधार गृहका बालकहरुमा लक्ष्यण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिएका छन् । बालबिझ्याईं सम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधार गृहमा राख्ने गरिन्छ ।
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा वहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् । नेपाल वहुलजातीय, वहुभाषी, वहुसांस्कृतिक देश हो भन्दै दनले राजपा सरकारमा जानसाथ उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्विकार गर्नै नसकिने बताए । कोइराला निवास विराटनगरमा सोमबार पत्रकारहरुसंग कुराकानी गर्दै नेता शेखरले भने,“संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा अहिले के बाध्यता पर्यो अहिले एकै ठाउँमा आउनु परेको छ । यो विषय विचारयोग्य विषय पनि छ । तर, अहिले हिजो विरोध गरेको